शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

काठमाडौंका यी स्थानमा आज साँझसम्म बिजुली काटिने

images
शनिबार, फागुन ३ २०८१
images
images
काठमाडौंका यी स्थानमा आज साँझसम्म बिजुली काटिने

वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडरअन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ।

images
images

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिजुली काटिने जनाएको छ। वितरण प्रणाली भूमिगत गर्ने प्रयोजनका लागि आज महाराजगञ्ज वितरण केन्द्रको गोङ्गबु फिडरअन्तर्गत पर्ने स्थानहरुमा बिजुली काटिने छ।

images
images
images

प्राधिकरणले सार्वजनिक गरेको सूचनाअनुसार वसुन्धरा, गोङ्गबु टाउन प्लानिङ, सामाखुसी, रानीबारी क्षेत्रमा बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म बिजुली प्रवाह रोकिनेछ। सो फिडरअन्तर्गत वितरित विभिन्न स्थानलगायतका क्षेत्रका ग्राहकवर्गमा पर्न गएको असुविधाप्रति प्राधिकरणले क्षमायाचना गरेको छ।

images
images

तोकिएको कार्य निर्धारित समयअगावै सम्पन्न गर्न प्राधिकरण क्रियाशिलसमेत रहने सूचनामा उल्लेख छ।

images
images
images

यस्तै, सोही वितरण केन्द्रकै हस्पिटल फिडरअन्तर्गत पर्ने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राष्ट्रपति कार्यालय, प्रहरी तोलिम केन्द्र, निर्मल निवासलगायतका स्थानमा उच्च क्षमताको प्रसारण लाइन र पोल स्थानान्तरण गर्ने कार्यका लागि बिहान १० बजेदेखि साँझ पाँचबजेसम्म बिजुली प्रवाह अवरुद्ध हुने सूचनामा उल्लेख छ।

यस्तै भोजपुर वितरण केन्द्र र सुर्खेत वितरण केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानमा पनि मर्मत एवम् रुख बिरुवाका हाँगा काट्ने प्रयोजनाका लागि आज बिजुली प्रवाह रोकिने सूचनामा उल्लेख छ। रासस


प्रकाशित : शनिबार, फागुन ३ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend