शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

२०२४ मा १ करोड ६० लाख नयाँ कार बिक्री भएको अमेरिकामा कुन ब्रान्डको बजार हिस्सा कति?

१५ प्रतिशत टोयोटाको हुँदा टेस्लाको कति?

images
शनिबार, फागुन ३ २०८१
images
images
२०२४ मा १ करोड ६० लाख नयाँ कार बिक्री भएको अमेरिकामा कुन ब्रान्डको बजार हिस्सा कति?

अमेरिकी कार खरिदकर्ताहरुको रोजाइमा एकै ब्रान्डभन्दा पनि विभिन्न ब्रान्डप्रति रुचि रहेको देखिन्छ। सबैभन्दा धेरै बजार हिस्सा हुने ब्रान्डले १७ प्रतिशत ओगटेको छ। अमेरिकामा एकै ब्रान्डको भन्दा मल्टिपल ब्रान्डका कारको माग बढ्दै गएको छ।

images
images

काठमाडौं- अमेरिका संसारको दोस्रो ठूलो कार बजार हो। चीनमा धनाढ्यहरुको संख्या बढ्दै गएकाले अहिले संसारको सबैभन्दा ठूलो कार बजार चीन बनेको छ। चीनपछिको दोस्रो धेरै कार बिक्री अमेरिकामा हुँदै आएको छ। 

images
images
images

२०२४ मा अमेरिकामा १ करोड ६० लाख नयाँ कार बिक्री भएको तथ्यांक छ। अमेरिकी कार बजार संसारकै प्रतिस्पर्धी बजारमध्येमा पर्छ। बलिया कार उत्पादक रहेको अमेरिकामा जापानी कार उत्पादकको उपस्थिति पनि बलियो नै रहेको छ। त्यस्तै प्रिमियम कारमा जर्मन ब्रान्डले पनि राम्रै कार बिक्री गर्दै आएका छन्। 

images
images

नयाँ कार बिक्रीमा अमेरिकी ब्रान्ड र अन्तर्राष्ट्रिय ब्रान्डबीच राम्रै प्रतिस्पर्धा हुँदै आएको छ। अमेरिकी कार बजारमा जनरल मोटर्स, टोयोटा र फोर्ड ब्रान्डले लिड गरिरहेको भिजुअल क्यापिटालिस्टले उल्लेख गरेको छ। कार ब्रान्डको बजार हिस्सा कक्स अटोमोटिभले तयार पारेको हो। त्यस्तै हुन्डाई, होन्डा र स्टेलेन्टिसको बिक्री हिस्सा पनि राम्रो रहेको छ। 

images
images
images

अमेरिकी कार खरिदकर्ताहरुको रोजाइमा एकै ब्रान्डभन्दा पनि विभिन्न ब्रान्डप्रति रुचि रहेको देखिन्छ। सबैभन्दा धेरै बजार हिस्सा हुने ब्रान्डले १७ प्रतिशत ओगटेको छ। अमेरिकामा एकै ब्रान्डको भन्दा मल्टिपल ब्रान्डका कारको माग बढ्दै गएको छ। 

जीएम, टोयोटा र फोर्डका कारको बिक्री हिस्सा ४५ प्रतिशत रहेको छ। विगतमा रहेको ‘विग थ्री’ (जीएम, टोयोटा र क्राइसलर)कै जस्तो अहिले पनि बिग थ्री प्लेयर नै रहेका छन्। जीएम, फोर्ड र क्राइसलर २००० यता शीर्ष तीनमा थिए। २००७ मा भने क्राइसलरलाई जापानी कार निर्माता कम्पनी टोयोटाले उछिनेको थियो। त्यसयता शीर्ष तीनमा टोयोटा रहँदै आएको छ। 

हुन्डाई र होन्डा पनि अमेरिकी कार बजारमा क्रमशः ११ प्रतिशत र ९ प्रतिशत बजार हिस्सासहित बलियो स्थितिमा छन्। टोयोटा, हुन्डाई र होन्डा एसियाली कार निर्माता कम्पनी हुन्। 

त्यस्तै अन्य दुई जापानी ब्रान्ड सुबारु र माज्दाको पनि अमेरिकी बजारमा उपस्थिति बलियो नै रहेको छ। विद्युतीय कारमात्र उत्पादन गर्नेमा अमेरिकी कम्पनी टेस्ला इंक विश्वकै अग्रणी स्थानमा रहेको छ। तर अमेरिकी कार बजारमा टेस्लाको हिस्सा ४ प्रतिशत मात्र रहेको छ। अन्य परम्परागत कार उत्पादकको विद्युतीय कार बिक्री अमेरिकामा न्यून नै रहेको छ। 

यी हुन् २०२४ मा अमेरिकामा धेरै कार बिक्री गर्ने ब्रान्ड र तिनीहरुको बजार हिस्सा :

जनरल मोटर्स(जीएम)- जीएम अमेरिकी कार उत्पादक कम्पनी हो। यो ग्रुपअन्तर्गत सेब्रोले, क्याडिलक, जीएमसी र हमर ब्रान्ड रहेका छनु। २०२४ मा जीएमको अमेरिकी कार बजारमा हिस्सा १७ प्रतिशत रहेको छ। 

टोयोटा- जापानी कार निर्माता कम्पनी टोयोटाले अमेरिकमा कुल कार बिक्री बजार हिस्सामा १५ प्रतिशत हिस्सा ओगटेको छ। टोयोटाले टोयोटा र लेक्सस ब्रान्डका कार अमेरिकामा बिक्री गर्दै आएको छ। 

फोर्ड- फोर्ड अमेरिकी कार उत्पादक कम्पनी हो। २०२४ मा अमेरिकामा बिक्री भएको कुल कारमा १३ प्रतिशत कार फोर्डले बिक्री गरेको छ। फोर्ड अन्तर्गत फोर्ड र लिंकन ब्रान्डमा कार बिक्री हुँदै आएको छ। 

हुडाई- हुन्डाई कोरियाली कार उत्पादक कम्पनी हो। २०२४ को कुल नयाँ कार बिक्रीमा हुन्डाईको हिस्सा ११ प्रतिशत रहेको छ। हुन्डाईले हुन्डाई र जिनेसिस ब्रान्डका कार बिक्री गरिरहेको छ। यस किया समावेश गरिएको छ वा छैन खुलाइएको छैन। किया पनि हुन्डाई मोटर ग्रुपभित्रकै कम्पनी हो। 

होन्डा- होन्डा जापानी कार उत्पादक कम्पनी हो। २०२४ मा होन्डाले अमेरिकामा बिक्री भएका नयाँ कारमा ९ प्रतिशत हिस्सा ओगटेको छ। 

स्टेलेन्टिस- स्टेलेन्टिस युरोपेली कम्पनी हो। तर यो कम्पनीमा अमेरिकी तथा इटालीयन कम्पनीहरु पनि मर्ज भएका थिए। २०२४ मा अमेरिकामा बिक्री भएका कारमा स्टेलेन्टिसको हिस्सा ८ प्रतिशत रहेको छ। 

निसान/मित्सुबिसी- जापानी कम्पनी निसान र मित्सुबिसीले २०२४ मा अमेरिकामा बिक्री भएका नयाँ कार बजारमा ७ प्रतिशत हिस्सा ओगटेका थिए। 

फक्सवागन- फक्सवानग जर्मन कार उत्पादक कम्पनी हो। फक्सवागन ग्रुपअन्तर्गत अउडी, भीडब्लूलगायत ब्रान्ड रहेका छन्। २०२४ को अमेरिकी कार बजारमा भीडब्लूको बजार हिस्सा ४ प्रतिशत रहेको छ। 

सुबारु- जापानी कार निर्माता कम्पनी सुबारुले २०२४ मा अमेरिकी कार बजारमा ४ प्रतिशत हिस्सा ओगट्न सफल भएको थियो। 

टेस्ला- टेस्ला अमेरिकी विद्युतीय कार उत्पादक कम्पनी हो। टेस्ला विश्वको सबैभन्दा ठूलो विद्युतीय कार उत्पादक कम्पनी पनि हो। २०२४ मा बिक्री भएको कुन नयाँ कार बजारमा टेस्लाको हिस्सा ४ प्रतिशत रहेको थियो। 

माज्दा- जापानी कार उत्पादक कम्पनी माज्दाको अमेरिकी कार बजारमा ३ प्रतिशत हिस्सा रहेको छ।

बीएमडब्लू- बीएमडब्लू जर्मनी विलासी कार उत्पादक कम्पनी हो। यो कम्पनी अन्तर्गत बीएमडब्लू, मिनी र रोल्स रोयर रहेका छन्। २०२४ मा अमेरिकी कार बजारमा बीएमडब्लूको हिस्सा ३ प्रतिशत रहेको छ। 

मर्सिडिज बेन्ज- मर्सिडिज बेन्ज जर्मन विलासी कार उत्पादक हो। मर्सिडिज बेन्ज अन्तर्गत मर्सिडिज र मेब्याक ब्रान्डका कार बिक्री हुन्दै आएको छ। २०२४ मा अमेरिकामा बिक्री भएका कुल कारमा मर्सिडिज बेन्जको हिस्सा २ प्रतिशत रहेको छ। 

अन्य- यी बाहेकका ब्रान्डले पनि अमेरिकामा कार बिक्री गर्दै आएका छन्। अन्य सबै ब्रान्डको बजार हिस्सा २ प्रतिशत रहेको छ। 


प्रकाशित : शनिबार, फागुन ३ २०८११३:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend