मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लिवर्टी इनर्जीको ७५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

शुक्रबार, फागुन २ २०८१
लिवर्टी इनर्जीको ७५ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत

काठमाडौं- नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा लिवर्टी इनर्जी कम्पनी लिमिटेडको ७५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ।

यस कम्पनीले सेयरधनीलाई जारी गरेको ५० प्रतिशत हकप्रद सेयर सूचीकरण गरेको हो। उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न मिल्नेछ। 

नेपाल धितोपत्र बोर्डले लिवर्टी इनर्जी कम्पनी लिमिटेडलाई ५० प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो। बोर्डले कम्पनीलाई १ः५० अनुपातमा ७५ लाख कित्ता हकप्रद जारी गर्न गरेको थियो। 

सेयर निष्कासनपछि अब लिवर्टीको चुक्ता पुँजी हकप्रद २ अर्ब २५ करोड रुपैयाँ पुगेको छ।


प्रकाशित : शुक्रबार, फागुन २ २०८११५:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend