बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

वैदेशिक रोजगारका समस्या सम्बोधन गर्न श्रम मन्त्रालयमा कल सेन्टर, यसरी टिपाउनुहोस् गुनासो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १६ २०७८
images
images
वैदेशिक रोजगारका समस्या सम्बोधन गर्न श्रम मन्त्रालयमा कल सेन्टर, यसरी टिपाउनुहोस् गुनासो
images
images

काठमाडौं- सरकारले वैदेशिक रोजगारका समस्या तत्काल सम्बोधन हुने गरी काम गर्न ‘कल सेन्टर’ स्थापना गरेको छ।

images
images

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरबारस्थित मन्त्रालय प्राङगणमा सेवाग्राहीको गुनासो सुनुवाइ गर्दै कल सेन्टरको शुभारम्भ गरेका हुन्।

images
images

कल सेन्टरमा सेवाग्राहीहरूको गुनासो तत्काल सुनुवाइ गर्नका लागि ११४१ अर्थात् १६६००१५०००५ निःशुल्क टेलिफोनको व्यवस्था गरिएको छ भने [email protected] इमेलको पनि व्यवस्था गरिएको छ।

images
images

नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा भएको कल सेन्टरले प्रभावकारी ढंगले काम गर्न नसकेको पाइएपछि मन्त्रालय आफैले सो कल सेन्टर स्थापना गर्नु परेको मन्त्री श्रेष्ठले बताए। उनले कल सेन्टरमा गुनासो आउनेवित्तिकै तत्काल सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाए।

मन्त्री श्रेष्ठले करिब एक महिनायता भिजिट भिसामा गएकाहलाई विचौलियाहरूले ठगी गरी विभिन्न देशमा अलपत्र पारेपछि ती समस्या तत्काल समाधान हुनेगरी काम गर्न पनि सो सेन्टरको आवश्यक्ता महसुुस गरिएको स्पष्ट पारे।

‘नेपाल वैदेशिक रोजगार बोर्डको कार्यालयमा रहेको कल सेन्टरबाट त्यहाँ आउने गुनासो र त्यहाँ आउने कलहरूमा अलि प्रभावकारिता नभएको होकि भन्ने हाम्रो मन्त्रालयको सचिवज्यू, मलगायतको टिमको लागेपछि यो कल सेन्टर मन्त्रालय प्राङगणमै स्थापना गरिएको हो। यसले तत्काल वैदेशिक रोजगारमा गएकाहरूको गुनासको सम्बोधन गर्नेछ। विगत एक महिना यता भिजिट भिसामा जानेहरूलाई विचौलिया वा भनौँ न दलालहरूले अलपत्र पारेपछि पनि ती गुनासाहरूलाई तत्काल सम्बोधन गर्न पनि मन्त्रालयमै कल सेन्टर शुभारम्भ गरिएको हो’ उनले भने। 

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारमा गएकाहरूबाट ठगी गरिएको असुल गरिएको रकम तत्काल फिर्ता दिन पनि विचौलियाहरूलाई अपिल गरे।

६ जना कर्मचारीहरूले सो कल सेन्टरबाट २४ सै घण्टा सेवा दिनेछन्। मन्त्रालयका सचिव एकनारायण अर्यालले वैदेशिक रोजगारीमा गएकाहरूको गुनासो सुनुवाइ गरी तत्काल समाधान गर्नका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आह्वान गरे। उनले सो कल सेन्टरले वैदेशिक रोजगारको क्षेत्रमा देखिएका विकृतिलाई न्यूनिकरण गर्दै लैजाने विश्वास व्यक्त गरे।

कल सेन्टरमा वैदेशिक रोजगारमा गएकाहरूको गुनासो वा पीडा तत्काल सम्बोधन गर्न प्रहरीको टिम पनि परिचालन गर्ने व्यवस्था गरिएको छ।


प्रकाशित : आइतबार, माघ १६ २०७८०९:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend