शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

गोल्यान समूहले अगाडि बढाएको ३०० मेगावाट क्षमताको आयोजनामा अमेरिकी संस्था 'डीएफसी' लगानी गर्न तयार

images
आइतबार, फागुन ४ २०८१
images
images
गोल्यान समूहले अगाडि बढाएको ३०० मेगावाट क्षमताको आयोजनामा अमेरिकी संस्था 'डीएफसी' लगानी गर्न तयार

औद्योगिक घराना गोल्यान समूहले निर्माण गर्न लागेको ३०० मेगावाट क्षमताको दुईवटा जलविद्युत आयोजनामा 'यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन' (डीएफसी) लगानी गर्न तयार देखिएको छ। दुई आयोजनाका लागि ६० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने छ।

images
images

काठमाडौं- औद्योगिक घराना गोल्यान समूहले निर्माण गर्न लागेको ३०० मेगावाट क्षमताको दुईवटा जलविद्युत आयोजनामा 'यूएस इन्टरनेशनल डेभलपमेन्ट फाइनान्स कर्पोरेशन' (डीएफसी) लगानी गर्न तयार देखिएको छ।

images
images
images

डीएफसी अमेरिकी विकास वित्त निगम हो। विभिन्न देशमा निजी क्षेत्रसँगसमेत साझेदारी गरेर यसले दर्जनौँ क्षेत्रमा वित्तीय सहायतासहित लगानी गर्दै आइरहेको छ। 

images
images

गोल्यान समूहअन्तर्गतका दुई कम्पनीले ३०६ मेगावाट क्षमताको अपर मुगु-कर्णाली र १३५ मेगावाट क्षमताको नामलान खोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएका थिए। जसको अध्ययनका लागि डीएफसीले नै विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन (डीपीआर) तयार पार्न अनुदान उपलब्ध गराएको छ। डीपीआरका लागि मात्रै होइन अहिले डीएफसीले आयोजनामा नै लगानी गर्ने देखिएको छ। दुई आयोजनाका लागि ६० अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने छ।

images
images
images

अहिले परामर्शदाताको रूपमा जिम्मेवारी पाएको जर्मनको ट्र्याकटेबेल इन्जिनियरिङले अध्ययन गरिरहेको छ। अध्ययन अन्तिम चरणमा पुगेका बेला ३०६ मेगावाट क्षमताको अपर मुगु कर्णाली २०० मेगावाटमा झर्ने भएको छ भने १३५ मेगावाट क्षमताको नामलान खोला जलविद्युत १०० मेगावाटमा झर्ने भएको छ। 

राष्ट्रिय निकुञ्जको कोर एरिया छाड्दा क्षमता घट्न लागेको गोल्यान ग्रुपअन्तर्गत इनर्जी डिभिजनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण अर्यालले जानकारी दिए। डीएफसीका केही सर्तहरुले क्षमता घट्नेगरी जर्मन कम्पनीले अध्ययन गरिरहेको उनले जानकारी दिए। 

डीएफसीले नेपालमा यस्तो अनुदान दिन लागेको यो पहिलोपटक हो। डीएफसीले निजी लगानीलाई किफायती र प्रतिफलयुक्त बनाउनका लागि अनुदान दिँदै आएको छ। संस्थाले निर्धारण गरेका मापदण्ड पूरा गर्ने कम्पनीहरूले यस्तो अनुदान पाउँछन्। अध्ययनका लागि १० मिलियन डलर अनुदान दिएको संस्थाले निर्माणमा पनि लगानी गर्नेगरी प्रक्रिया अगाडि बढाएको छ। 'लगानी नै गर्न इच्छुक भएको छ, हस्ताक्षर भएको छैन, अध्ययन सकिएलगत्तै प्रक्रिया अगाडि बढ्छ,' अर्यालले भने।  

'दुवै आयोजना ५ घण्टा प्लसको पिकिङ आयोजना हो। जर्मनी कम्पनीसँग अध्ययन सन् २०२५ को फेब्रुअरीमा सम्पन्न गर्नेगरी २०२२ को अक्टोवरमा सम्झौता भएको थियो। २१ महिनामा सकिनुपर्नेमा अहिले केही थप भएको र अगष्टसम्म दिने प्रतिबद्धता दिएको छ' अर्यालले भने।

टेन्डर डकुमेन्ट पनि सोही कम्पनीले बनाउने गरी सम्झौता भएकोले २०२५ भित्र सबै काम सम्पन्न गरेर सन् २०२६ भित्र वित्तीय व्यवस्थापन गरेर निर्माणमा जाने अर्यालले बताए। '२०३१ सम्म दुवै आयोजना निर्माण सम्पन्न हुने छ,' सीईओ अर्यालले भने। दुवै आयोजना मुगु कर्णाली बेसिनमा बन्ने छन्।

नाम्लाङ खोला जलविद्युत आयोजना कर्णालीको मुगुमा प्रस्ताव गरिएको आयोजना हो। यो पिकिङ रन अफ दि रिभर अर्थात अर्ध-जलाशय प्रकृतिको आयोजना हो। आयोजनाको ग्रस हेड २९०.५ मिटर छ। नेट हेड २७९.६७ मिटर छ। यसको १३५ मेगावाट क्षमता रहेकोमा अब १०० मेगावाटमात्रै जडित क्षमता रहने छ।

अप्पर मुगु-कर्णाली जलविद्युत आयोजना मुगुको मुगुम कार्मारोङ गाउँपालिका-३ मा प्रस्ताव गरिएको छ। यो पनि अर्धजलाशय प्रकृतिको जलविद्युत आयोजना हो। यो आयोजनाले ५ घण्टासम्म दैनिक पिकिङ दिन सक्छ। यो आयोजना पनि ३०६ मेगावाटबाट २०० मेगावाटमा घट्ने छ।

मुगु कर्णाली बेसिनको माथिल्लो भागमा विद्युत उत्पादन कम्पनी लिमिटेडले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत आयोजना अध्ययन गरिरहेको छ। जुन जलाशययुक्त आयोजना हो।


प्रकाशित : आइतबार, फागुन ४ २०८१०७:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend