शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

डाँडाखेत सबस्टेसन निर्माण अन्तिम चरणमा, राहुघाट सबस्टेसनको काम धमाधम

images
बिहीबार , फागुन १ २०८१
images
images
डाँडाखेत सबस्टेसन निर्माण अन्तिम चरणमा, राहुघाट सबस्टेसनको काम धमाधम

राहुघाट सबस्टेसनमा जडान गर्ने उपकरण आयात भइसकेको छ। भूमिगत पानी व्यवस्थापन गर्ने संरचना बनाएर सबस्टेसनको काम थालिएको हो।

images
images

म्याग्दी- म्याग्दीको मालिका गाउँपालिका-७ बिमको डाँडाखेतमा विद्युत सबस्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

images
images
images

नेपाल विद्युत प्राधिकरणद्धारा सञ्चालित डाँडाखेत-राहुघाट प्रसारण लाइन आयोजनामार्फत सबस्टेसनको पूर्वाधार निर्माणको काम सकेर उपकरण जडान थालिएको हो। म्याग्दी नदी र सहायक खोलाहरुमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्ने उद्देश्यले डाँडाखेतमा सबस्टेसन निर्माण गरिएको हो। 

images
images

आयोजना प्रमुख रोशन अग्रवालले ८५ प्रतिशत भौतिक प्रगति भएको डाँडाखेत सबस्टेसनको काम आगामी तीन महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको बताए। पूर्वाधार निर्माण सकेर उपकरण जडान थालिएको उनले बताए। ५१ रोपनी क्षेत्रफलमा निर्माण भएको डाँडाखेत सबस्टेसनमा १३३/३३ केभी, ३० एमभीए क्षमता र एआईएस प्रविधिको उपकरण जडान गर्न थालिएको छ। 

images
images
images

डाँडाखेतदेखि रघुगंगा गाउँपालिका-३ राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सबस्टेसन निर्माणका लागि सन् २०२१ को डिसेम्बर ३१ मा २६ मिलियन अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो। गत जुलाई १६ मा सकिएको ठेक्का सम्झौताको म्याद आगामी २०२५ को नोभेम्बर १६ सम्म थप भएको छ।

'समग्रमा ६० प्रतिशत भौतिक प्रगति भएको छ,' आयोजना प्रमुख अग्रवालले भने, 'राहुघाटमा कमजोर भू-बनोट र विपद्को जोखिम, वन क्षेत्रमा टावर निर्माणका लागि अनुमति पाउन भएको ढिलाइ र केही टावर निर्माण स्थलमा समुदायको विवादका कारणले आयोजना निर्माण अवधि लम्बिएको हो।' एसियाली विकास बैंकको ऋणमा सबस्टेसन र प्रसारण लाइन निर्माण आयोजना सञ्चालन भएको हो।   

राहुघाटको सबस्टेसन निर्माणले गति लियो 

भूमिगत पानी र पहिरो प्रभावित राहुघाटमा सबस्टेसनको डिजाइनमा समस्या भएकाले ठेक्का सम्झौताको २७ महिनापछि गत जेठ महिनादेखि नेपाली सहायक ठेकेदार डीएल स्ट्रक्चरले काम थालेको थियो। 

२२०/१३२/३३ केभी, २०० एमभीए क्षमताको उपकरण जडान हुने जीआईएस प्रविधिको राहुघाट सबस्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउण्डेसन सकेर संरचना बनाउन थालिएको एनएलटीका आयोजना व्यवस्थापक सुवासचन्द्र शर्माले बताए।

सबस्टेसनमा जडान गर्ने उपकरण आयात भइसकेको छ। भूमिगत पानी व्यवस्थापन गर्ने संरचना बनाएर सबस्टेसनको काम थालिएको हो। हाल दैनिक एकसय जना मजदुरले काम गरिरहेका छन्। अम्बाङमा सबस्टेसन बनाउन पाँच वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो। 

१३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको ८२ वटा टावरमध्ये हालसम्म ५१ वटा निर्माण सकिएको र १० वटा निर्माणाधीन रहेका एनएलटीका व्यवस्थापक शर्माले बताए। उनका केही दिनमा प्रसारण लाइनमा तार तान्नका लागि भारतबाट प्राविधिक र मजदुरहरु आउँदैछन्। 

रघुगंगा गाउँपालिकाको वडा नम्बर ३, बेनी नगरपालिकाको ९, १०, मंगला गाउँपालिकाको वडा नम्बर १, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण स्थल हुन्। दुवै ठाउँमा यसअघिनै जग्गा व्यवस्थापन, घेराबार, पहुँचमार्गका साथै डाँडाखेतमा गार्ड र कर्मचारी आवास गृह भवनसमेत निर्माण भएको छ। 

म्याग्दी नदीमा एकसय ७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत आयोजना निर्माण सुरु भएका छन्। राहुघाटमा ३५.५ मेगावाटको राहुघाट मंगले र ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला र ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत आयोजना निर्माणाधीन छन्।  

५.५ मेगावाट क्षमताको बगरखोला, ४.७५ मेगावाटको स्यानोखोला, ४.९० मेगावाटको अपर ठूलोखोला र १५ मेगावाटको माथिल्लो ठूलोखोला जलबिद्युत आयोजना निर्माणको अन्तिम चरणमा छन्। 

तुदी पावरद्वारा निर्माणाधीन अपर राहुघाट र मंगले राहुघाट जलविद्युत आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत आपुर्ति गराउने तयारी गरेका छन्।

तुदीले पिप्लेमा १३२ केभी प्रसारण लाइन मुनि र क्रसिङ हुने गरेर बनाएको टावर हटाउन डाँडाखेत राहुघाट प्रसारण लाइन आयोजनाले ताकेता गरेको छ। डाँडाखेत राहुघाट प्रसारण लाइनको ए ३ नम्बरको टावरलाई असर पर्ने गरेर तुदीले अस्थायी टावर बनाएको हो। रासस


प्रकाशित : बिहीबार , फागुन १ २०८११३:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend