शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

images
बिहीबार , फागुन १ २०८१
images
images
बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको केयूकेएलका प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

images
images

काठमाडौं- नेपाल विद्युत प्राधिकरणले विद्युतका तार भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बुधबार बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको फुटेको पाइप मर्मत कार्य सुरु गरिएको छ।

images
images
images

काठमाडौंमा वितरण गरिने थोक प्रणालीको पाइप गएरातिदेखि मर्मत गर्ने कार्य सुरु गरिएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का प्रमुख कार्यकारी निर्देशक अशोककुमार पौडेलले जानकारी दिए।

images
images

उनले भने, 'पाइप फुटेपछि पानी पुरै बगेर बबरमहल जलमग्न भएको थियो। पानी बन्द भएपछि गएरातिबाट हामीले मर्मतको सुरु गरेका छौँ। मर्मत सकिएपछि पानी बितरण प्रक्रिया सुरु गर्ने छौँ।'

images
images
images

विद्युतका तारहरु भूमिगत गर्नका लागि ‘होरीजोन्टल ड्रिलिङ’ गर्ने क्रममा बबरमहलमा रहेको खानेपानीको थोक वितरण प्रणालीको पाइप फुटेपछि जलमग्न भएको र विषेश अदालतसहितका सरकारी कार्यालयमा पानी पसेर क्षति गरेको थियो। रासस


प्रकाशित : बिहीबार , फागुन १ २०८११२:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend