मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

उतारचढावबीच सेयर बजारमा सामान्य वृद्धि, ८ अर्ब ७१ करोड रुपैयाँको कारोबार

बुधबार, माघ ३० २०८१
उतारचढावबीच सेयर बजारमा सामान्य वृद्धि, ८ अर्ब ७१ करोड रुपैयाँको कारोबार

काठमाडौं- लगातार पाँच दिनको कारोबारमा घटेर मंगलबार सामान्य बढेको सेयर बजारमा बुधबार पनि सामान्य वृद्धि नै देखिएको छ। गएको साताको पछिल्लो तीन कारोबार र यो साता दुई कारोबारमा घटेको बजार अहिले स्थिर भएको हो। 

यो साता पहिलो कारोबारमा आइतबार ११.४९ अंकले घटेको बजार सोमबार १०.९८ अंकले घटेर २६७७.३२ बिन्दुमा झरेको थियो। मंगलबार ६.५४ अंकले बढेर २६८३.८६ बिन्दुमा पुगेको बजार बुधबार पनि सामान्य बढ्यो। 

बुधबार उतारचढावबीच ओरालोतिर देखिएको बजार कारोबार समयको अन्तिम तीन सेकेण्डमा वृद्धितर्फ लाग्दै १.८६ अंकले बढेर २६८५.७३ बिन्दुमा पुगेको छ। ८ अर्ब ७१ करोड ७८ लाख रुपैयाँको कारोबार भएको बजारमा १३४ कम्पनीको सेयर मूल्य बढेको छ। ९९ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्।

बजार लामो समयदेखि उही बिन्दु वरपर तलमाथि भइरहेको छ। पछिल्लो समय बजारले २६०० बाट पनि तल नजाने र २८०० को बिन्दुबाट पनि माथि नजाने ट्रेण्ड समातिरहेको छ। 


प्रकाशित : बुधबार, माघ ३० २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend