सोमबार, असार २३ गते २०८२    
सोमबार, असार २३ २०८२
images
images

विदेशी मजदूरमाथि शोषण गरेको भन्दै मलेसियन कम्पनीको मेडिकल पञ्जामा अमेरिकाले लगायो प्रतिबन्ध 

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, माघ १६ २०७८
images
images
विदेशी मजदूरमाथि  शोषण गरेको भन्दै मलेसियन कम्पनीको मेडिकल पञ्जामा अमेरिकाले लगायो प्रतिबन्ध 

अमेरिकाले पाम तेल निर्यात गर्ने एउटा उद्योगलाई यसअघि नै प्रतिबन्ध लगाइसकेको छ। 

images
images

काठमाडौं- विदेशी कामदारमाथि श्रम शोषण गरेको भन्दै अमेरिकाले एउटा मलेसियन कम्पनीका उत्पादन आयातमा प्रतिबन्ध लगाइदिएको छ। 

images
images

समाचार संस्था रोयटर्सले प्रकाशित गरेको समाचार अनुसार अमेरिकी भन्सार एजेन्सीले मलेसियाको वाईटीवाइ ग्रुप अन्तर्गतको कम्पनीले उत्पादन गर्दै आएका पञ्जा(ग्लोभ)मा प्रतिबन्ध लगाएको हो। 

images
images

यो उद्योगले जबरजस्ती श्रम गराएर उत्पादन गरेको अमेरिकी आरोप छ। पाम तेल, मेडिकल पञ्जाका लागि संसारकै ठूला मध्येका मलेसियन कम्पनीमाथि विदेशी मजदूरको श्रम शोषण गरेको आरोप लाग्दै आएको छ। 

images
images
images

अमेरिकाले पाम तेल निर्यात गर्ने एउटा उद्योगलाई यसअघि नै प्रतिबन्ध लगाइसकेको छ। 

अमेरिकाले प्रतिबन्ध लगाएपछि मलेसियाका मानव संसाधन मन्त्रालयले सबै कम्पनीहरूलाई छलफलका लागि बोलाएको छ। श्रम शोषणका बारेमा लागेको आरोपका बारेमा छलफल गर्न मन्त्रालयले उद्योगीहरूलाई बोलाएको छ। 

मन्त्रालयले आरोप लागेको कम्पनीमाथि तत्काल छानवीन गर्न श्रम विभागलाई निर्देशन दिइसकेको छ। श्रम सम्बन्धी कानून पालना नगर्ने कम्पनीहरूलाई मन्त्रालयले चेतावनी पनि दिएको छ। 

मलेसिया धेरै नेपाली कामदारको पनि रोजगार गन्तव्य हो। धेरै नेपालीहरु सम्झौता अनुसारको तलब सुविधा नपाउने समस्याबाट गुज्रिएका छन्। 

 


प्रकाशित : आइतबार, माघ १६ २०७८०७:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend