शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

नेपाल टेलिकमको नाफा ३२.९७ प्रतिशत घट्यो

images
बुधबार, माघ ३० २०८१
images
images
नेपाल टेलिकमको नाफा ३२.९७ प्रतिशत घट्यो
images
images

काठमाडौं नेपाल टेलिकम लिमिटेडको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

images
images
images

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले २ अर्ब ६३ करोड ५१ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.९७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ३ अर्ब ९३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। 

images
images

कम्पनीको आम्दानी घटेसँगै खुद नाफा पनि घट्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको आम्दानी १.४० प्रतिशत घटेर १७ अर्ब ४९ लाख रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ३६.३० प्रतिशत र कुल आम्दानी ८.४० प्रतिशत घटेको छ। कम्पनीको वित्तयि खर्च भने ०.१९ प्रतिशत मात्र घटेको छ।

images
images
images

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १४ रुपैयाँ ४० पैसा घटेर २९ रुपैयाँ २८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५०६ रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३०.३३ गुणा रहेको छ।

१८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब १४ करोड रुपैयाँ सञ्चित छ।


प्रकाशित : बुधबार, माघ ३० २०८१११:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend