शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

टाइकनपछि पोर्साको अर्को ईभी ‘म्याकन फोर’ काठमाडौं आइपुग्यो

images
बुधबार, माघ ३० २०८१
images
images
टाइकनपछि पोर्साको अर्को ईभी ‘म्याकन फोर’ काठमाडौं आइपुग्यो

पोर्सा म्याकन फोर ईभीको खरिद मूल्य ६५ हजार ४ सय २० अमेरिकी डलर रहेको छ। काइरोस इन्टरनेसनलले यो विद्युतीय कार उत्पादक कम्पनीबाट नभइ हङकङमा दर्ता भएको अटोमोबाइल युनिभर्सल डेभलपर्स इन्टरनेसनल नामक कम्पनीबाट खरिद गरेको हो।

images
images

काठमाडौं- जर्मन विलासी स्पोर्ट्स कार निर्माता कम्पनी पोर्साको अर्को विद्युतीय कार पनि नेपाली बजारमा भित्रिएको छ। यसअघि पोर्साको एउटा टाइक्यान ईभी नेपाल आएको थियो। 

images
images
images

नेपालीहरू सवारीसाधनमा निकै सौखिन छन्। विश्वका विभिन्न देशका विलासी कार उत्पादक कम्पनीका उत्पादन नेपाली बजारमा आइरहेका छन्। करोडौँ मूल्य पर्ने कारहरू पनि नेपाली उपपभोक्ताले खरिद गरिरहेका छन्।

images
images

आईसी इन्जिन कार हुँदा पनि विलासी कार आइरहेको अवस्थामा विद्युतीय कारमा सरकारले कर सहुलियत दिएकाले तुलनात्मक रुपमा विद्युृतीय कारको खरिद मूल्य महँगो भए पनि कर कम लाग्दा सस्तामा उपलब्ध हुँदै आएको छ। सोही कारण गलत बाटोबाटै किन नहोस् विलासी कार आयात गर्ने क्रम बढ्दो छ। 

images
images
images

टेस्ला, अउडी, ज्यागुअर, पोर्सालगायत ब्रान्डका विद्युतीय विलासी कार नेपाली बजारमा आरहेका छन्। यी चारवटै ब्रान्डका विद्युतीय कार उत्पादक वा उत्पादकले तोकेको कम्पनीबाट नभइ हङकङमा बनाइएको ‘फेक’ कम्पनीबाट आयात भइरहेको छ। काइरोस इन्टरनेसनल प्रालि नामक कम्पनीले यसअघि हङकङमा दर्ता भएको अटोमोबाइल युनिभर्सल डेभलपमेन्ट इन्टरनेसनल कम्पनीबाट पोर्साको टाइकन खरिल गरेर ल्याएको थियो। 

उक्त कार जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले खरिद गरेको थियो। जुन ४ करोड ५० लाख रुपैयाँमा बिक्री गरिएको आयातकर्ता कम्पनीले जनाएको छ। ९५ हजार १ सय ८५ अमेरिकी डलरमा खरिद गरेर टाइकन फोर एस आयात गरिएको थियो।

अहिले फेरि कोइरोसले सोही कम्पनीबाट पोर्साको म्याकन फोर ईभी आयात गरेर ल्याएको छ। जर्मन स्पोर्टस कार उत्पादक ब्रान्ड पोर्साको म्याकन फोर ईभी काइरोस इन्टरनेसनल प्रालिले आयात गरेको हो। यो विद्युतीय कारमा २ सय ८५ किलोवाटको मोटर पावर रहेको छ। 

पोर्सा म्याकन फोर ईभीको खरिद मूल्य ६५ हजार ४ सय २० अमेरिकी डलर रहेको छ। काइरोस इन्टरनेसनलले यो विद्युतीय कार उत्पादक कम्पनीबाट नभइ हङकङमा दर्ता भएको अटोमोबाइल युनिभर्सल डेभलपर्स इन्टरनेसनल नामक कम्पनीबाट खरिद गरेको हो। 

यो कम्पनीलाई जर्मन स्पोर्ट कार उत्पादन कम्पनी पोर्साले न त आधिकारिकता दिएको छ न त हङकङबाट तेस्रो देशमा पोर्साको गाडी निर्यात गर्न अनुमति दिएको छ। प्रत्यक्ष संलग्नता नरहे पनि यो सबैमा राकेश अडुकियाको संलग्नता रहेको छ। यसरी खुलेआम अवैध रुपमा सवारी आयात भइरहँदा विदेशी मुद्रा अपचलनको जोखिम उच्च भइरहेको छ। 

यस्तो छ पोर्सा म्याकन फोर ईभीको विशेषता 

म्याकन फोर ईभीको लम्बाई ४७ सय ८४ एमएम, चौडाई १९ सय ३८ एमएम, उचाई १६ सय २२ एमएम र ह्वीलवेस २८ सय ९३ एमएम रहेको छ। यो कारमा २ सय ८५ किलोवाटको मोटर पावर छ भने यसले ३ सय ८७ पीएस पावर जेनेरेट गर्छ। 

म्याकन ईभीको अधिकतम गति २ सय २० मिलोमिटर प्रतिघण्टा र शून्यदेखि १ सय किलोमिटर प्रतिघण्टाको गति ५.२ सेकेन्डमै तय गर्न सक्छ। यो कारले एक पटकको फुल चार्जमा ५ सय १६ देखि ६ सय १२ किलोमिटरसम्म रेन्ज दिने डब्लूएलटीपी प्रमाणित रहेको छ। 

२ सय ७० किलोवाट डीसी फास्ट चार्जर सपोर्ट गर्ने यो कार डीसी फास्ट चार्जरबाट १० देखि ८० प्रतिशत चार्ज हुने जम्मा २१ मिनेटमात्र लाग्ने दाबी गरिएको छ। म्याकन फोर ईभीमा १ सय किलोवाट आवरको हाइ पर्फमेन्ट लिथियम आयन ब्याट्री प्याक उपलब्ध रहेको छ। 

१ सय ८४ एमएम ग्राउन्ड क्लियरेन्स रहेको पोर्सा म्याकन फोरमा अफ रोडका लागि २ सय २५ एमएमसम्म बढाउन मिल्ने सुविभा दिइएको छ। 

पोर्सा म्याकनमा २ सय ८५ किलोवाट पिक पावरको मोटर जडान गरिएकाले यसमा २०८१ को आर्थिक ऐन अनुसार ६० प्रतिशत भन्सार र ३५ प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था रहेको छ। त्यस्तै सवारी आयातमा १३ प्रतिशत भ्याट र विद्युतीय सवारीमा मूल्यको ५ प्रतिशत सडक मर्मत दस्तुर लाग्ने व्यवस्था गरिएको छ।


प्रकाशित : बुधबार, माघ ३० २०८११०:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend