मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

थामियो सेयर बजारको ओरालो यात्रा, सामान्य अंकको वृद्धि

मंगलबार, माघ २९ २०८१
थामियो सेयर बजारको ओरालो यात्रा, सामान्य अंकको वृद्धि

काठमाडौं- लगातार पाँच दिनको कारोबारमा घटेको सेयर बजारको ओरालो यात्रा थामिएको छ। गएको साताको पछिल्लो तीन कारोबार र यो साता दुई कारोबारमा घटेको बजार अहिले स्थिर भएको हो। 

मंगलबार ६.५४ अंकले बढेर बजार २६८३.८६ बिन्दुमा पुगेको छ। ७ अर्ब २४ करोड ६२ लाख रुपैयाँको कारोबार भएको बजारमा १३४ कम्पनीको सेयर मूल्य बढेको छ। ९८ कम्पनीको सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता पहिलो कारोबारमा आइतबार ११.४९ अंकले घटेको बजार सोमबार १०.९८ अंकले घटेर बजार २६७७.३२ बिन्दुमा झरेको थियो। 

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। बजार लामो समयदेखि उही बिन्दु वरपर तलमाथि भइरहेको छ। पछिल्लो समय बजारले २६०० बाट पनि तल नजाने र २८०० को बिन्दुबाट पनि माथि नजाने ट्रेण्ड समातिरहेको छ। 


प्रकाशित : मंगलबार, माघ २९ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend