मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मंगलबार, माघ २९ २०८१
शिखर इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ ३० गते अर्थात भोलिदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्दैछ।

काठमाडौं- शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ माघ ३० गते अर्थात भोलिदेखि फागुन १३ गतेसम्म बुक क्लोज गर्दैछ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले फागुन १३ गते, मंगलबार, आफ्नो केन्द्रीय कार्यालय, शिखर विज सेन्टर, थापाथलीमा २०औँ वार्षिक साधारणसभा बोलाएको छ। सो सभा बिहान ११ बजे सुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।


प्रकाशित : मंगलबार, माघ २९ २०८११०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend