काठमाडौं- साताको पहिलो दिन सुनको मूल्य तोलामा ४ सय रुपैयाँ घटेको छ। शुक्रबार ९२ हजार ६ सय रुपैयाँ प्रतिताोलामा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार ४ सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँ कायम भएको छ।
त्यस्तै चााँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ घटेको छ। आइतबारका लागि चाँदीको मूल्य १२ सय ५० रुपैयाँ तोकिएको छ। शुक्रबार चाँदी प्रतितोला १२ सय ६५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।