काठमाडौं- सरकारले अर्थ मन्त्रालयको सचिव परिवर्तन गरेको छ। आज बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले अर्थमा घनश्याम उपाध्यायलाई सरुवा गर्ने निर्णय गरेको हो।
अर्थमा रहेका रामप्रसाद घिमिरेलाई राष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ। राष्ट्रपति कार्यालयका सचिव नारायणप्रसाद दुवाडीलाई अख्तियार पठाइएको छ।
अर्थसचिव बनेका उपाध्याय अर्थ प्रशासनका क्याडर हुन्। राजस्व समूहबाट प्रवेश गरेका उनी सहसचिव भएपछि भने अर्थ संरचना बाहिर रहेर काम गरेका थिए।
विभिन्न कर कार्यालय तथा अर्थ संरचनामा काम गरेको अनुभव भएका उपाध्याय सचिव भएपछि भने श्रम मन्त्रालय हुँदै अन्तियार पुगेका थिए।
ललितपुर र काठमाडौंको प्रमुख जिल्ला अधिकारी भएर काम गरेको अनुभवसमेत भएका उपाध्याय २०८० को असारमा सचिवमा बढुवा भएका थिए।
आज बसेको मन्त्रिपरिषदको बैठकले बाबुराम अधिकारीलाई सचिवमा बढुवा गर्ने निर्णयसमेत गरेको छ।