शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

खुवा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् हेटौँडाका उत्तम

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, माघ २८ २०८१
images
images
खुवा बिक्री गरेर राम्रो आम्दानी गरिरहेका छन् हेटौँडाका उत्तम

परम्पराभन्दा आधुनिकतातर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन्।

images
images

मनहरी- हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक लाख रुपैयाँ कमाउँदै आएका छन्। उनी यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन्। उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ। दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ। 

images
images
images

खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मेल सञ्चालन गर्थे। गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेको उनी बताउँछन्। 

images
images

खुवाको हब बन्दै गएको सोही स्थानमा खुवा व्यवसायलाई सम्हाल्न पुगेका उनले आजभोलि दैनिक तीस किलो खुवा बिक्री गर्दै आएका छन्। उनको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनि, पुष्टकारी उत्पादनसँगै बिक्री हुने गर्दछ।

images
images
images

खुवा व्यवसायमा मनग्य आम्दानी देख्नुभएका उनले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानीसमेत गरेका छन्। उनले भने, 'खुवाको लागि भैँसीको दूध आवश्यक पर्छ सोहीअनुरूप किसानलाई दश लाख रुपैयाँ लगानी गरिसकेको छु।'

परम्पराभन्दा आधुनिकतातर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन्। खुवाको हब बन्दै गएको चुच्चे खोलामा हेर्दा पनि आकर्षण तरिकाको पसल उनको छ। पर्यटकलाई सफा र आकर्षण देखिनुपर्छ सोहीअनुरूप परिकारमा पनि सफा र स्वादिष्ट उत्पादन गर्ने गरेको उनको भनाइ छ। 

खुवा पेसा सममालेदेखि उनले आफ्नो व्यवसायबाट ६ कर्मचारीलाई रोजगारी दिएकोसमेत बताए। खुवासँगै खाजा नास्ता लगायतबाट मासिक दश लाखको कारोबार हुने गरेको श्रेष्ठले बताए।

मासिक दूध खरिद्, खुवा पकाउने दाउरा खरिद, कर्मचारी लगायतमा मासिक साढे आठ लाख खर्च हुने गरेको बताए। अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उनको भनाइ छ। आफूसँगै परिवारलाई पनि सहयोग लिएर उनले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताए। 

खुवा बेचेरै मासिक एक लाख कमाउन सकिने भएपछि उनले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन्। उनको पसलबाट उत्पादित खुवा काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, चितवनलगायतका जिल्लामा निर्यात हुने बताए।

कान्तिलोक पथ भएर हिँडने यात्री र खुवाको पारखीलाई आजभोलि उत्तमको खुवा पसलले आर्कष्ण गर्ने गरेको छ। खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उनले प्रस्तुत गरेका छन्। रासस


प्रकाशित : सोमबार, माघ २८ २०८१११:३८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend