शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

हेटौँडामा खानेपानीका मिटर चोरीका घटना बढ्दो

images
आइतबार, माघ २७ २०८१
images
images
हेटौँडामा खानेपानीका मिटर चोरीका घटना बढ्दो

डेढ महिनामा करिब एक सयभन्दा बढी खानेपानीका मिटरहरु चोरी भएका छन्। घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरी हुने गरेको हो।

images
images

मकवानपुर- हेटौँडामा पछिल्लो समय खानेपानीका मिटरको चोरी हुन थालेको छ। डेढ महिनामा करिब एक सयभन्दा बढी खानेपानीका मिटरहरु चोरी भएका छन्। घरको कम्पाउण्डभित्र जडान गरिएका खानेपानीका मिटर चोरी हुने गरेको हो।

images
images
images

हेटौँडा खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक विष्णुप्रसाद सापकोटाका अनुसार गत पुसदेखि मिटर चोरी हुन थालेको हो।

images
images

उपभोक्ताहरूले व्रासवडी मिटर जडान गरेका छन्। एउटा मिटरभित्र करिब आधा केजी पितल हुने गर्छ। उक्त पितल बिक्री गर्न खानेपानीको मिटर चोरिएको हुनसक्ने अनुमान बोर्डले गरेको छ।

images
images
images

मिटरमा पाइने पितल बजारमा आठसय रूपैयाँसम्ममा बिक्री हुने गर्छ। हाल दैनिक एकदेखि तीनवटासम्म मिटर चोरी हुने गरेको छ।

खानेपानीको मिटर चोरीको घटना मुख्यगरी हेटौँडा उपमहानगरपालिका-२, ४ र ५ नम्बर वडामा भइरहेको बोर्डले जनाएको छ। रासस


प्रकाशित : आइतबार, माघ २७ २०८११२:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend