शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

इमेज सहकारीका बचतकर्ताको एक करोड रकम फिर्ता

images
आइतबार, माघ २७ २०८१
images
images
इमेज सहकारीका बचतकर्ताको एक करोड रकम फिर्ता

इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो।

images
images

बागलुङ- इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्तालाई एक करोड रूपैयाँ फिर्ता गरिएको छ। सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाख रूपैयाँसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो।

images
images
images

ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख रूपैयाँ प्राप्त गर्नेगरी चेक बुझेका छन् भने गलकोट नगरपालिकाका एकसय ४७ जना बचतकर्तालाई रकम फिर्ता गरिएको इमेज पीडित संघर्ष समिति गलकोट बुर्तिवाङ संयोजक मञ्जु शर्मा चालिसेले जानकारी दिए। 'दुई दिनमा एक करोड रूपैयाँ बचतकर्तालाई फिर्ता गरियो', उनले भने।

images
images

गल्कोट र ढोरपाटनका पाँचसय ४७ बचतकर्तामध्ये एक लाखसम्मका बचतकर्ताले तत्काल फिर्ता पाउनेगरी प्रक्रिया अगाडि बढाइएको चालिसेको भनाइ छ। इलाका प्रहरी कार्यालय हरिचौर र जनप्रतिनिधिको रोहबरमा बचतकर्ताको रकम फिर्ता गरिएको हो। संयोजक चालिसेका अनुसार सहकारीका बाँकी बचतकर्ताको रकम फिर्ताका लागि मिना ग्रुप कम्पनी प्रालिसँग सहकार्य गर्नेगरी सम्झौतासमेत गरिएको छ।

images
images
images

गत पुस २६ गतेसम्म सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितमध्ये पाँचसय ४७ जनाले बिगो दाबी नगर्ने गरी मेलमिलाप गरेका छन्। सहकारीका बचतकर्ताले नेपालीको घरायसी जायजेथाबाट पाउनुपर्ने रकम पाएको भन्दै मेलमिलाप गरिदिएका हुन्। 

बचतकर्ताको ठगिएको रकम २३ करोड ७५ लाख ४२ हजार तीनसय ४० रूपैयाँ बराबरको रकम घरसारमा मिलेर पाएको जनाउँदै मेलमिलाप गरेपछि मुद्दामा दाबी गरिएको बिगो रकमसमेत घटेको छ।

पीडित ताराबहादुर कुँवर, मञ्जु शर्मा चालिसे र यमबहादुर कुँवरसमेत पाँचसय ४७ जनाको मुलुकी फौजदारी संहिता २०७४ को दफा ११७ बमोजिम मिलापत्र गर्न निवेदन आएकाले दफा ११८ (३) बमोजिम मिलापत्र गरिएको आदेशमा उल्लेख छ।

सहकारीका अध्यक्ष नेपाली पुर्पक्षका लागि अहिले थुनामा छन्। रासस 


प्रकाशित : आइतबार, माघ २७ २०८११०:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend