मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?

आइतबार, माघ २७ २०८१
नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति?

काठमाडौं-नेपाल लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा खुद नाफा ९.४५ प्रतिशत बढेर ४६ करोड ८१ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.२६ प्रतिशत बढेर २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँ गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १९ अर्ब ७१ करोड २३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १५.९४ प्रतिशत बढेर २८ अर्ब ५४ करोड २९ लाख रुपैयाँ गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले २४ अर्ब ६१ करोड ८९ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १४.३५ प्रतिशत बढेर ३३ अर्ब ३९ करोड ८५ लाख रुपैयाँ गरेको छ भने कुल खर्च १५.१० प्रतिशत बढेर ३१ अर्ब २ करोड ५९ लाख रुपैयाँ गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले २९ अर्ब २० करोड ८१ लाख रुपैयाँ कुल आम्दानी गरेर २६ अर्ब ९५ करोड ५८ लाख रुपैयाँ कुल खर्च गरेको थियो।

८ अर्ब २० करोड ७९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोष १ अर्ब ३० करोड ८३ लाख रुपैयाँ, सञ्चित नाफा २ अर्ब ३८ करोड ३४ लाख रुपैयाँ र अन्य इक्विटी ७८ करोड २६ लाख रुपैयाँ छ। कम्पनीको जीवन बीमा कोष २ खर्ब १७ अर्ब १४ करोड ५६ लाख रुपैयाँ पुगेको छ। गत वर्षको पुससम्म १ खर्ब ८२ अर्ब ६२ करोड २५ लाख रुपैयाँ जीवन बीमा कोषमा थियो।

कम्पनीको नाफासँगै प्रतिसेयर आम्दानी ९९ पैसा बढेर ११.४१ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७०.४२ र प्रतिसेयर नेटवर्थ १५४.५१ रुपैयाँ रहेको छ।


प्रकाशित : आइतबार, माघ २७ २०८११०:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend