शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

भारत-नेपाल स्टार्टप कनेक्ट : दुई देशबीच सम्बन्ध जोड्ने आधार सूचना प्रविधि

images
शनिबार, माघ २६ २०८१
images
images
भारत-नेपाल स्टार्टप कनेक्ट : दुई देशबीच सम्बन्ध जोड्ने आधार सूचना प्रविधि

सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालले आईटी क्षेत्रमा पूर्वाधार निर्माण गर्ने, बजार विस्तार गर्ने, डिजिटल फ्रेमवर्कमा कार्य सम्पादन गर्दै आएको बताए।

images
images

काठमाडौं- सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल र भारतबीचको प्रगाढ सम्बन्धको भरपुर लाभ आईटी क्षेत्रबाट लिनुपर्ने बताएका छन्।

images
images
images

काठमाडौंमा शुक्रबार भारतीय दूतावासले आयोजना गरेको भारत-नेपाल स्टार्टप कनेक्ट : स्टार्टप महाकुम्भ (एसएमके)मा सम्बोधन गर्दै मन्त्री गुरुङले पछिल्लो समय सूचना प्रविधिको युग भएकाले अब दुई देशबीचको सम्बन्ध जोड्ने अर्को आधार सूचना प्रविधि रहेको बताए।

images
images

नेपाल र भारत सांस्कृतिक, भावनात्मक र खुला सीमानाको अन्तर सम्बन्धलाई अब नवीन कार्यमा रूपान्तरण गर्न आवश्यक रहेको उनले बताए। आईटी क्षेत्रमार्फत दुई देशका युवाहरूलाई इनोभेटिभ कार्यमा सहकार्य गर्नुपर्ने उनको भनाइ छ।

images
images
images

उनले नेपालले आईटी क्षेत्रमा पूर्वाधार निर्माण गर्ने, बजार विस्तार गर्ने, डिजिटल फ्रेमवर्कमा कार्य सम्पादन गर्दै आएको बताए। युवाहरूलाई आईटी उद्यमी बनाउनसमेत प्रोत्साहन गर्दै लैजानुपर्ने उनको भनाइ छ।

'हामीले अब नेपाल र भारतबीच स्टार्टपमार्फत सहकार्य गर्न सक्छौँ। यसले दुवै देशको सम्बन्ध विस्तारसँगै अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउँछ,' उनले भने। हालै जारी गरिएको एआई नीतिको मस्यौदामाथि प्रकाश पार्दै उनले एआई र स्टार्टपको क्षेत्रमा भारत-नेपाल सहयोगलाई थप बढावा दिन आह्वान गरेका थिए।

त्यस्तै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाली स्टार्टप र भारतीय स्टार्टपसँग सहकार्य गरेर उद्यमशीलतालाई प्रोत्साहन गर्ने बताए। भारतीय सरकारले नवीन कार्यमा युवा विशेष लगानी गर्दै आएको र नेपालमा पनि यही प्रयास देखिएकाले दुवै देशको सहकार्यमा अझै उपलब्धिमूलक बनाउन सकिने उनको भनाइ छ। राजदूत श्रीवास्तवले भारतमा अप्रिल ३ देखि ५ तारिखमा हुन लागेको स्टार्टप महाकुम्भमा सहभागी भइ एकअर्काको सिर्जनात्मक कार्य साझेदारी गर्न अनुरोधसमेत गरे।

'भारतका युवाहरूमाझ स्टार्टप संस्कृति लोकप्रिय बनेको छ। भारतले डिजिटल प्रविधिहरूमा पनि व्यापक फड्को मारेको छ। डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चरको विकासले यो डिजिटल परिवर्तनलाई बढावा दिएको छ। यसले सीमापार स्टार्टप सहकार्यको लागि अवसरहरू सिर्जना गरेको छ। जसले डिजिटल कनेक्टिभिटीलाई बढावा दिनसक्छ,' उनले भने। 

त्यस्तै भारत सरकारको डीपीआईआईटीका सहसचिव सञ्जीवले एसएमके स्टार्टपका लागि के महत्त्वपूर्ण हुन्छ भन्ने विषयमा जोड दिए। औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (आईडीआई)का कार्यकारी निर्देशक उमेश कुमार गुप्ताले 'नेपालमा स्टार्टप नीति'बारे प्रस्तुति दिएका थिए। उनले आईआईटी मद्रास प्रवर्तकका प्रमुख (न्यु इनिसिएटिभ्स) राजेन्द्र मुथाले आईआईटी मद्रास प्रवर्तकले इन्क्यूबेसनलाई प्रवर्द्धन गर्न, प्रविधि विकास गर्न र अन्य विश्वविद्यालयहरूसँग साझेदारी निर्माण गरी इन्क्यूबेसनलाई बढावा दिन कसरी मद्दत गरिरहेको छ भन्ने बारेमा जानकारी दिए। 

starup 1.jpg

टेक एक्सआरका प्रमुख कार्यकारी अधिकृत प्रशान्त मिश्राले कसरी भर्चुअल रियालिटीले पर्यटन क्षेत्रको अनुभवहरू साझा गरेका थिए। एफ वान सफ्टका सह-संस्थापक असगर अलीले नेपालमा बैंकिङको लागि सफ्टवेयर निर्माणमा रहेको आफ्नो यात्राबारे बताएका थिए। खल्ती वालेटका संस्थापक अमित अग्रवालले नेपालमा डिजिटल भुक्तानीबारेमा भएको वृद्धिबारे बताएका थिए। 

त्यस्तै सामाजिक प्रभावका लागि डिजिटल पब्लिक इन्फ्रास्ट्रक्चर सेसनमा वृद्धि सञ्जलप्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले नेपालको लागि डीपीआई निर्माण गर्नेबारे आफ्नो प्रयासहरूबारे बताएका थिए। नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेश मान प्रधानले नेपाल पेजस्ता आफ्ना उत्पादनहरूको बारेमा विस्तृत रूपमा बताएका थिए। जुन नेपालका फिनटेक कम्पनीहरूका लागि नवप्रवर्तन गर्न डिजिटल क्षेत्रहरू थिए।

कम्प्युटर विज्ञानका प्राध्यापक र काठमाडौं विश्वविद्यालयका एसोसिएट डीन डा. बालकृष्ण बलले आफ्ना विद्यार्थीहरूलाई डिजिटल सार्वजनिक सामानहरू निर्माण गर्न प्रोत्साहित गर्ने काठमाडौं विश्वविद्यालयको प्रयासहरूको बारेमा बताएका थिए। स्कुल नेटका एभीपी हिमांशु तिवारीले भारतमा रहेको दीक्षाजस्ता शिक्षा डीपीआईको अनुभव साटेका थिए। 

अन्तर्राष्ट्रिय स्तरमा विस्तार गर्न चाहने भारत र नेपालका स्टार्टपहरूका लागि दुवै देशहरू राम्रो बजार भएको भारत र नेपालका स्टार्टपहरूले नयाँ समस्या र सामाजिक चुनौतीहरूलाई स्तरीय रूपमा समाधान गर्न उदीयमान प्रविधिहरूको उपयोग गरिरहेको, डीपीआईको विकासले नयाँ स्टार्टपहरूलाई नवप्रवर्तन गर्ने राम्रो अवसर प्रदान गर्ने र यो मोडेल भारतमा धेरै सफल भएको, नेपाली स्टार्टपहरूले भारतबाट उपलब्ध हुने पुँजी र परामर्श नेटवर्कमा विशेष गरी आईआईटी मद्रास प्रवर्तकजस्ता इन्क्यूबेटरहरूमार्फत फाइदा लिन सकिने विषयमा छलफल केन्द्रित थियो। 


प्रकाशित : शनिबार, माघ २६ २०८११७:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend