शुक्रबार, असार १२ गते २०८३    
शुक्रबार, असार १२ २०८३

घट्दो दरमा कोभिड संक्रमण, ५१ प्रतिशतबाट ३४ मा झर्‍यो

शनिबार, माघ १५ २०७८
घट्दो दरमा कोभिड संक्रमण, ५१ प्रतिशतबाट ३४ मा झर्‍यो

काठमाडौं- कोभिड संक्रमण विस्तारै घट्दो क्रममा छ। कुल परीक्षणको ५१ प्रतिशतसम्म भएको कोरोना संक्रमणदर अहिले घटेर ३४ प्रतिशतमा आइपुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ ८ गते कुल परीक्षणको ५०.८ अर्थात ५१ प्रतिशममा कोरोना देखिएको थियो। माघ ८ गते २० हजार १ सय ८७ जनाको परीक्षणमा  १० हजार २ सय ५४ जनामा कोरोना देखिएको थियो।

तर माघ १५ गते आइपुग्दा कोरोना संक्रमणको दर ३३.६७ प्रतिशतमा झरेको हो। माघ १५ गते शनिबार सार्वजनिक २४ घण्टाको विवरणमा कुल १४ हजार ५ सय ६२ जनाको परीक्षणमा ४ हजार ९ सय ४ जनामा कोरोना देखिएको छ।

माघ १० गतेबाट विस्तारै संक्रमित हुने दर घटिरहेको छ।

272841048_246236111017685_4471494433005096869_n.jpg
माघ २ गतेदेखि १५ गतेसम्मको संक्रमणदर

 


प्रकाशित : शनिबार, माघ १५ २०७८११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend