शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

स्टार्टपमा उत्साह : इटहरीका युवाले सुरु गरेको ‘ट्रयाकअन जीपीएस’ अन्तर्राष्ट्रिय बजारमा

images
आइतबार, माघ २७ २०८१
images
images
स्टार्टपमा उत्साह : इटहरीका युवाले सुरु गरेको ‘ट्रयाकअन जीपीएस’ अन्तर्राष्ट्रिय बजारमा

सिस्टममा ‘युनिक सेलिङ प्वाइन्ट’ बढाउन जिओ फेन्ससमेत तयार पारिएको छ। गाडी कहाँ पुग्यो भन्ने जानकारीको लागि गाडी गुड्ने बाटोमा ‘जिओ फेस्न’ तोकेपछि सम्बन्धित ठाउँमा पुग्नेबित्तिकै सिस्टमले संकेत दिन्छ।

images
images

इटहरी- बाइक चोरीका घटनालाई नजिकबाट नियालिरहेका युवाहरूले ट्रयाकिङ जीपीएस सिस्टम सुरु गरे। त्यही सिस्टमले सरोज राउत र निशान राईलाई इटहरीमा बसेर अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याएको छ।

images
images
images

आईटीको क्षेत्रमा व्यापक सम्भावना भएको चर्चा हुनु अगाडि नै राई र राउतले तीनवटा सिस्टमको प्रयोग गरिसकेका छन्। प्रयोगमात्र होइन, उनीहरु प्रयोगमा सफल पनि भए।

images
images

६ वर्ष अगाडि नै आईटी सोचमार्फत उनीहरूले ब्लग पोर्टल सुरु गरे। ‘आईटी सोच’ स्थानीय र ग्लोबल रूपमा आएका आईटीसँग सम्बन्धित सूचना र जानकारी दिने पोर्टल हो।

images
images
images

आईटीको बजारसँगै पोर्टलका भिजिटर्स बढ्दै गए। मोबाइल एप्लिकेसन र वेबसाइट डिजाइनमा लागे। त्यही बीचमा कम्पनी दर्ता गराए। इटहरीलाई केन्द्रित गरेर विज्ञापनको लागि कन्टेन्ट म्यानेजमेन्ट सिस्टम (सीएमएस) तयार पारे।

त्यससँगै पूर्वको विभिन्न सहरहरूमा टेलिभिजन स्क्रिन जडान गरेर विज्ञापन नयाँ सम्भावनामा काम सुरु गरे। २० ठाउँमा टेलिभिजन राखेर ‘इन्फोर्टेन्टमेन्ट’ नाम दिए। इन्फर्मेसन र इन्टरटेन्मेन्टसहितको इन्फोर्टेन्टमेन्ट दुई वर्षसम्म चल्यो।

बीचमा आउने विज्ञापनले आम्दानी बढ्दै गए पनि निरन्तरतामा समस्या आयो। एयरपोर्ट र बसपार्कमा हाल्नुपर्ने अवस्था भएपछि लगानी नगर्ने सोचमा पुगे उनीहरू। टेलिभिजन स्क्रिनमा विज्ञापन गरेर पैसा कमाउने गज्जबको उपायबाट बाहिरिए।

Track on - gps.jpg

त्यसपछि डिजिटल साइनेज सिस्टमको प्रतिपाद भयो। स्टाटीक साइनेजभन्दा पनि डिजिटल साइनेको माग बढेपछि त्यसलाई बढाएको बताउँछन् राउत। होर्डिङ बोर्डहरूमा देखिने डिजिटल विज्ञापनलाई घरैबाट नियन्त्रण र परिवर्तन गर्न सकिने भएकाले स्टाटीक साइनेजभन्दा फरक भएको उनको भनाइ छ।

डिजिटल साइनेज सिस्टम अमेरिका, क्यानडालगायत देशहरूमा प्रयोगमा आइरहेको छ। विदेशका प्रयोगकर्ता बढिरहेको र डिजिटल साइनेजको नयाँ प्रडक्ट ल्याउने तयारीमा छन् उनीहरू। आईटी क्षेत्रमा नयाँपन दिइसके सबैतिर सम्भावना रहेको बताउँछन् राउत।

आफ्नै कम्पनीको बाइक चोरी हुन लागेपछि झस्किएका राउत र राईले आईटी क्षेत्रमा अर्को क्रान्ति गरे। बाइकमा जीपीएस जडान गरेर सुरक्षित गर्ने खोजेका उनीहरूले भरपर्दो सिस्टम नपाएपछि आफैले सिस्टम विकास गरेका हुन्। जसलाई ट्रयाकन जीपीएसको नामले चिनिन्छ।

‘ट्रयाकन नेपाल’ नामको कम्पनीमा राई र राउतसँगै जोडिए विजय राजवंशी। तीनजना युवाहरूको संयुक्त इफोर्टले टेलीम्याट्रिक्स इन्डस्ट्रिजमा नयाँपन दिएको छ।

Track on - gps1.jpg

चोरी नियन्त्रणको लागि सुरु भएको सिस्टम अहिले फ्लिट म्यानेजमेन्टको लागि उपयोगी बन्दै गएको छ। भारत र चाइनाबाट ल्याएको सफ्टवेयरमा धेरै झन्झट परेपछि फ्लिट म्यानेजमेन्टको लागि ट्रयाकन जीपीएस प्रभावकारी देखिएको छ। सोही इनोभेसनले आईसीटी अवार्ड दिलाएको छ।

सन् २०२३ को आईसीटी अवार्डबाट सम्मानित भयो ट्रयाकन नेपाल। जसले धेरै ऊर्जा र हौसला मिलेको बताउँछन् राउत। 

startup - Track on - gps.jpg

समयक्रममा ट्रयाकिङ सिस्टम ठूला कम्पनी, विद्यालय, सरकारी कार्यालय र हायर पर्चेजको लागि अनिवार्य बन्ने कम्पनीको विश्वास छ। हायर पर्चेजले गाडीको पैसा असुल्न झन्झट बेहोर्नु पर्ने अवस्थाको अन्त्य हुने देखिएको छ। गाडीको लोकेसनमात्र होइन गाडी चल्नै बन्द गर्ने सम्मको सिस्टम विकास भएको यस सिस्टमले ठूला कम्पनीमा कर्मचारीको खर्च कटौतीमा काम गर्नेछ।

सवारीसाधनमा एउटा सानो उपकरण जडान गरिन्छ। जसले मोबाइल एप र वेब एपमार्फत सवारी ट्र्याक गर्न मद्दत गर्दछ। मोबाइल एप एन्ड्रोइड र आइओएस दुवै किसिममा उपलब्ध हुन्छ। उपकरणले मोबाइल नेटवर्कमार्फत डेटा पठाउन सिम कार्डको प्रयोग हुन्छ।

उपकरणमै समावेश गरिएको सिम कार्डले लोकेसन र सम्पर्क सूत्रको काम गर्छ। ट्रयाकअनको सेवा प्रयोग गर्दा पहिलो वर्षका लागि सिमकार्ड निःशुल्क प्रदान गरिने र हरेक वर्ष न्यून शुल्कमा नवीकरण गर्नुपर्ने बताउँछन् राउत।

Track on - gps2.jpg

सिस्टममा ‘युनिक सेलिङ प्वाइन्ट’ बढाउन जिओ फेन्ससमेत तयार पारिएको छ। गाडी कहाँ पुग्यो भन्ने जानकारीको लागि गाडी गुड्ने बाटोमा ‘जिओ फेस्न’ तोकेपछि सम्बन्धित ठाउँमा पुग्नेबित्तिकै सिस्टमले संकेत दिन्छ। पछिल्लो समय लजीस्टीक कम्पनीको रूपमा प्रख्यात ‘नेपाल क्यान मुभ’ ले पनि ट्रयाकअन जीपीएस जडान गरेको राउत बताउँछन्।

नेपाल विद्युत् प्राधिकरणले समेत दुईसय वटा गाडीमा सोही जीपीएस सिस्टम जडान भएको छ। उनका अनुसार ट्रान्सपोर्ट कम्पनीले यसलाई भरपुर प्रयोग गर्न सक्ने देखिएको छ। इटहरी उपमहानगरपालिकाले खरिद गरेको विद्युतीय बसमा समेत सोही जीपीएस जडान भएको छ।

डकुमेन्टको फिचरमार्फत कम्पनीलाई कुनै डकुमेन्ट चाहियो भने सिस्टममा राख्न सकिने व्यवस्था मिलाइएको छ। गाडीको रिन्युदेखि चालकको लाइसेन्ससम्मको अलर्ट सिस्टमले आफै गर्ने गर्दछ। ड्राइभर म्यानेजमेन्ट सिस्टममा ड्राइभरको तालिका र डिटेल राख्ने व्यवस्थापन गरिएको छ।

Track on - gps3.jpg

रुट म्यानेजमेन्टको नयाँ सिस्टम ल्याउने तयारीमा छ कम्पनी। कुन रुटमा जाँदा सहज हुन्छ त्यस बारेमा सिस्टमले आफै जानकारी दिने गरी तयार पार्न लागिएको राउतले जानकारी दिए।

उनले भने, ‘१० स्थानमा जानुपर्‍यो भने कुन सहज र सरल रुट छ भन्ने एपले देखाउँछ। कुनमा चाँडो जाने र कुनमा अन्तिममा जाने विषयको निर्देशन सिस्टमले दिन्छ।’

काठमाडौंको त्रिपुरेश्वर कार्यालयबाट १२ र इटहरीबाट ३ जनाले काम गरिरहेका छन्। अहिले सिस्टमको माग बढिरहेको अवस्थामा डिलरसीपमार्फत काम गरिरहेको उनले बताए। कम्पनीले वल्कमा डिभाइस बिक्री गर्ने गरेको छ। विभिन्न डिलरमार्फत सेवा प्रदान गरिरहेको राउतको भनाइ छ। विर्तामोड, बुटवल, भैरहवा, इटहरी, जनकपुरलगायत सहरबाट सेवा प्रदान गरिरहेका छन्।

दुई वर्षको मेहनतले निर्माण भएको सिस्टमलाई अन्य देशमा बिक्रीको लागि तयार पारेका छन्। ५ हजारदेखि १० हजार डलरसम्ममा बिक्री गर्ने गरेको उनले बताए। क्यानडामा बिक्री भइसकेको सिस्टम अन्य देशबाट पनि माग भइरहेको बताएका छन्।

पछिल्लो समय आएको अध्यादेशले नेपाल बाहिर पनि व्यापार गर्न पाउने भएपछि धेरै सहज भएको उनको भनाइ छ।


प्रकाशित : आइतबार, माघ २७ २०८११०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend