शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

कुमारी सहकारीको एक अर्ब ४९ करोड रकम अपचलन, प्रहरीले थाल्यो अनुसन्धान

images
शनिबार, माघ २६ २०८१
images
images
कुमारी सहकारीको एक अर्ब ४९ करोड रकम अपचलन, प्रहरीले थाल्यो अनुसन्धान

सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ।

images
images

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका-८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा भएको बचत अपचलनसम्बन्धी मुद्दामा प्रहरीले अनुसन्धान थालेको छ।

images
images
images

सेयर सदस्य तथा बचतकर्ताको सेयर, बचत तथा संस्थाका कोषहरू हिनामिना गरेको सहकारी रजिष्ट्रार कार्यालय पोखराको सिफारिसका आधारमा पाँचजना सञ्चालक, व्यवस्थापक र कागजातहरू नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले थप प्रमाण जुटाउन थालेको छ।

images
images

सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको छानबिन प्रतिवेदनमा ६ हजार बचतकर्ता रहेको विसं २०६५ मा खुलेको कुमारी सहकारीको एक अर्ब ४९ करोड रूपैयाँ अपचलन भएको उल्लेख छ। सहकारीको पैसाबाट ढुकुटी खेलाउने, बोर्डिङ स्कुल, घरजग्गामा लगाउनेजस्ता व्यक्तिगत स्वार्थमा प्रयोग भएको सहकारी रजिष्ट्रारको कार्यालयले जनाएको छ।

images
images
images

अनुसन्धानका लागि प्रहरीले कुमारी सहकारीका पाँचजना सञ्चालक र व्यवस्थापकलाई माघ २० गते पक्राउ गरेको थियो। प्रहरी निरीक्षक सागर पौडेलले कुमारी सहकारीको विषयमा अनुसन्धानका लागि प्रमाण जुटाउन बचतकर्ताबाट उजुरी लिने काम भइरहेको बताए।

माघ २१ गते प्रहरीले सार्वजनिक सूचना जारी गरेर पासबुक, भौचर, स्टेटमेन्ट, मुद्दती प्रमाणपत्रलगायत प्रमाणको सक्कल साथमा लिइ सम्पर्कमा आउनका लागि अनुरोध गरेको थियो। सहकारीका पूर्वसञ्चालक समितिका उपाध्यक्ष रहेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापा, तत्कालीन व्यवस्थापक रूद्र गुरूङ, सञ्चालक समितिका पूर्वअध्यक्ष मनप्रसाद थजाली, थमबहादुर गर्बुजा र सञ्चालक देवीकुमारी थापा प्रहरीको हिरासतमा छन्।

बेनी नगरपालिका-१ का ३६ वर्षीया थापा गत स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)बाट जिसस प्रमुखमा निर्वाचित भएका थिए। अदालतले अनुसन्धानका लागि उनीहरूलाई दोस्रोपटक माघ २८ गतेसम्म हिरासतमा राख्न अनुमति दिएको छ। उनीहरूमाथि बचतकर्ताको बचत रकम हिनामिना भएको सहकारी ऐन-२०७४ अन्तर्गत परिभाषित कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

बचतकर्ता समस्यामा 

अन्नपूर्ण गाउँपालिका-७ घराम्दीका ५० वर्षीय डिलबहादुर गर्बुजाले बेनीको कुमारी बहुउद्देश्यीय सहकारी संस्थामा १२ वर्षअघि मुद्दती खाता खोलेर राखेको ४३ लाख रूपैयाँ बचत फिर्ताका लागि धाउन थालेको दुई वर्ष पूरा भयो। 'बाह्र वर्ष कतारमा श्रम र पसिना बगाएर कमाएको सबै पैसा राम्रो ब्याजको प्रलोभनमा परेर सहकारीमा राखेको थिए', गर्बुजाले भने, 'सहकारीले बचत फिर्ता नगरेपछि हामीहरू बिचल्लीमा परेका छौँ।'

१० लाख १४ हजार रूपैयाँ बचत गरेकी घराम्दीकी ५० वर्षीया डिलशोभा गर्बुजाले सहकारीमा रकम डुबेपछि घरव्यवहार चलाउन, छोराछोरी पढाउन समस्या भएको गुनासो गरिन्। 'श्रीमानले विदेशमा दुःख गरेर कमाएको र मैले कुखुरा चल्ला बेचेर जुटाएको पैसा राखेको वर्षौँसम्म पनि सहकारीले फिर्ता दिएको छैन', उनले भनिन्, 'आफ्नै पैसाका कारण आफैले दुःख पाउने अवस्था आयो।'

डिलबहादुर, डिलसोभा, छबहादुर पाइजालगायत १३ जना पीडित शुक्रबार सहकारीमा फसेको रकम उठ्ने आशामा दुईवटा जिप रिजर्भ गरेर प्रहरीमा उजुरीका लागि बेनी आएका थिए। उनीहरूको एक करोड रूपैयाँभन्दा बढी रकम उक्त सहकारीमा फसेको छ। 

बेनी नगरपालिका-८ मा रहेको उक्त सहकारीबाट पीडित हुने बचतकर्ता घराम्दीका मात्र छैनन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीमा पछिल्लो पाँच दिनयता उक्त सहकारीमा डुबेको बचत रकम फिर्ता दिलाइदिन आग्रह गर्दै उजुरी गर्न आउनेको भीड लागेको छ। रासस


प्रकाशित : शनिबार, माघ २६ २०८१११:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend