काठमाडौं- चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकले किसानलाई लक्षित गरी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।
कृषिमन्त्री रामनाथ अधिकारीले उद्घाटन गरेको प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र प्रभु बैंकले किसानलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको हो। समझदारी पत्रमा चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्थाको तर्फबाट संस्थाका अध्यक्ष किशोर बगाले र प्रभु बैंक लिमिटेडको तर्फबाट सांग्रीला श्रेष्ठले हस्ताक्षर गरे।
प्रदर्शनीमा डेरी उद्योगका लागि सफ्टवेयर, डेरी सहकारी, पशुपालनमा प्रयोग हुने सामग्री तथा उपकरण, पशुपालन आहारसम्बन्धीका स्टल, पशु औषधि तथा भेटनरी सेवासम्बन्धीका स्टल, डेरीलाई उपयोग हुने प्याकेजिङ उद्योगका स्टल, बैंक तथा बीमा कम्पनी, स्टार्टअप प्याभिलियन रहने छन्।
बैंक अफ द इयर २०२३ को उपाधिबाट सम्मानित प्रभु बैंकको नेपालभर ३११ शाखा कार्यालय, २८४ एटीएम साथै ६९ एक्सटेन्सन काउन्टर रहेको छ। करिब ३५ लाख ग्राहकहरुलाई 'विश्वास लिन्छौँ, विश्वास दिन्छौँ' भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको छ।
प्रभु बैंक अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ। साथै प्रभु बैंक फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट पनि सम्मानित भएको छ।