शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक राष्ट्रियसभामा पेस

images
बिहीबार , माघ २४ २०८१
images
images
पानी जहाज सञ्चालन तथा व्यवस्थापन विधेयक राष्ट्रियसभामा पेस

आन्तरिक जल यातायातलाई प्रवर्द्धन गर्न आवश्यक देखिएकाले विधेयक पेस गरिएको पूर्वाधारमन्त्री देवेन्द्र दाहालले बताए।

images
images

काठमाडौं- राष्ट्रियसभाको आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक-२०८१ पेस गरेका छन्।

images
images
images

उनले सामुद्रिक कानूनीसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि, १९८२ अनुसार समुद्रमा तटीय मुलुकको मात्र नभइ भूपरिवेष्ठित मुलुकको समेत समान अधिकार सुनिश्चित भए तापनि पानी जहाज दर्ता ऐन, २०२७ लागु भएपश्चात दर्जनौँ अन्तर्राष्ट्रिय महासन्धि लागु भइसकेको बताए।

images
images

ती महासन्धिका प्रावधान उक्त ऐनले नसमेट्ने हुँदा नेपाली ध्वजाबाहक पानीजहाज दर्ता गर्न सकिने अवस्था नदेखिएको उनले उल्लेख गरे।

images
images
images

उनले समुद्रमा नेपाली ध्वजाबाहक पानी जहाज सञ्चालनका अतिरक्त कैयौँ नेपाली विभिन्न मुलुकका पानीजहाजमा काम गर्दै आएको अवस्थामा ती नेपालीलाई नाविक किताब, नाविक परिचयपत्रलगायत ती कामदारको तालिम, स्वास्थ्य परीक्षणलगायतका विषय समेट्न आवश्यक देखिएको तथा नेपालभित्रकै विभिन्न नदी तथा तालमा विभिन्न क्षमताका जलयानहरु सञ्चालनमा आइरहेको अवस्थामा ती जलयानको दर्ता तथा नियमनको व्यवस्था गर्दै आन्तरिक जल यातायातलाई प्रवर्द्धन गर्न आवश्यक देखिएकाले विधेयक पेस गरिएको बताए। रासस


प्रकाशित : बिहीबार , माघ २४ २०८११५:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend