शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

उतारचढावमै देखियो सेयर बजार, आउने साता उचाइतर्फ फर्किएला?

images
बिहीबार , माघ २४ २०८१
images
images
उतारचढावमै देखियो सेयर बजार, आउने साता उचाइतर्फ फर्किएला?
images
images

काठमाडौं- लगातार उचाइतर्फ लागेर मंगलबार र बुधबार घटेको सेयर बजार बिहीबार पनि सामान्य घटेको छ। लगातार ९६.७१ अंकले बढेको सेयर बजार त्यसपछि लगातार तीन कारोबारमा घटेको हो।

images
images
images

बिहीबार ११.४६ अंकले घटेर २६९९.८१ बिन्दुमा झरेको छ। ९ अर्ब २४ करोड ७३ लाख रुपैयाँको कारोबार भएको बजारमा ७४ कम्पनीको मात्र सेयर मूल्य बढेको छ। १६० कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images
images

यो साता आइतबार ६९.८० अंकले बढेको बजार सोमबार २.४१ अंकले बढेको थियो। मंगलबार १४.०८ अंकले घटेको बजार बुधबार ४.४५ अंकले घटेर २७११.४५ बिन्दुमा झरेको थियो। 

images
images
images

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। बजार लामो समयदेखि उही बिन्दु वरपर तलमाथि भइरहेको छ।  

पछिल्लो समय बजारले २६०० बाट पनि तल नजाने र २८०० को बिन्दुबाट पनि माथि नजाने ट्रेण्ड समातिरहेको छ। लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा अहिले सुधारको संकेत भने देखिएको छ। आउने साता पनि बजार उतारचढावमा नै रहने देखिन्छ।

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिर र पुसमा पनि बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा पूरा भएन। माघमा पनि बजारले लय समात्ने अपेक्षा धरमर भइरहेको छ। 


प्रकाशित : बिहीबार , माघ २४ २०८११५:०४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend