शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

पूर्वाधारमन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट

images
बिहीबार , माघ २४ २०८१
images
images
पूर्वाधारमन्त्री दाहालसँग भारतीय राजदूत श्रीवास्तवको भेट

भेटमा भारतीय राजदूतले रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलब्ध गराउन भारत तयार रहेको बताए।

images
images

काठमाडौं- नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालसँग शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो। 

images
images
images

भेटमा राजदूत श्रीवास्तवले नेपाल-भारत रेल मार्गका चासो राखेका थिए। उनले रेल सेवा सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक जनशक्तिलाई तालिम तथा प्रशिक्षण उपलब्ध गराउन भारत तयार रहेको समेत उल्लेख गरे।

images
images

यस्तै मन्त्री दाहालले नेपालको रेलवे तथा विकासका अन्य क्षेत्रमा भारतले पुर्‍याएको योगदानको प्रशंसा गरे। आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्नेसमते उनले उल्लेख गरे।

images
images
images

भेटमा मन्त्रालयका सचिव केशवकुमार शर्माले मन्त्रालयसँग सरोकार राख्ने विषयमा दुई देशका अधिकारीहरुबीच छिट्टै बैठक बस्ने विश्वास व्यक्त गरे।

सो भेटमा रेल विभागका महानिर्देशक अजयकुमार मुल, सडक विभागका महानिर्देशक रामहरी पोखरेल, विकास सहायता समन्वय तथा गुणस्तर महाशाखाका प्रमुख सुशीलबाबु ढकाल, अन्य सहसचिवहरु लगायतका अधिकारीहरु सहभागी थिए।


प्रकाशित : बिहीबार , माघ २४ २०८११४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend