शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

प्रतिनिधिसभा बैठक : अध्यादेशसम्बन्धी कार्यसूची हटाइयो

images
बिहीबार , माघ २४ २०८१
images
images
प्रतिनिधिसभा बैठक : अध्यादेशसम्बन्धी कार्यसूची हटाइयो

आजको बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिनेछ।

images
images

काठमाडौं- संघीय संसद् (प्रतिनिधिसभा)को बैठक सुरु भएको छ। बैठकको आकस्मिक समयमा सांसदले आ-आफ्नो धारणा राखिरहेका छन्।

images
images
images

आजको बैठकबाट सरकारले संसदमा प्रस्तुत गरेको अध्यादेशसम्बन्धी कार्यसूची हटाइएको छ। यसअघि ती अध्यादेश छलफल गरेर पारित गर्ने कार्यसूची रहेको थियो। अध्यादेश हटाइएको र संशोधित कार्यसूची आउन बाँकी रहेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले बताए।

images
images

आजको बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘सुरक्षित कारोवार (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची तय गरिएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन’ पेस गरिनेछ।

images
images
images

यस्तै राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको छ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय प्रकृति श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७९/८०’ पेस गर्ने कार्यसूची छ। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८१/०८२ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्ध वार्षिक मूल्यांकन प्रतिवेदन’ पेस  गर्नेछन्।

प्रतिनिधिसभामा प्रमुखप्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको बैठकलाई सम्बोधन गर्नेछन्।

सरकारकातर्फबाट स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले पनि बैठकलाई सम्बोधन गर्ने जनाइएको छ। भ्रष्टाचार र सुरक्षित कारोबारसँग सम्बन्धित प्रतिवेदन पनि सदनमा टेबुल गरिनेछ। रासस


प्रकाशित : बिहीबार , माघ २४ २०८११४:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend