सोमबार, वैशाख ८ गते २०८२    
सोमबार, वैशाख ८ २०८२
images
images

बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

images
बिहीबार , माघ २४ २०८१
images
बागमती प्रदेशमा एम्बुलेन्सको भाडादर निर्धारण

राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रीस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो।

images
images

काठमाडौं- बागमती प्रदेश, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सको भाडादर निर्धारण गरेको छ। राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ अनुसार यही माघ ८ गतेको मन्त्रीस्तरीय निर्णयले विभिन्न मापदण्डलाई आधार मानेर भाडादर निर्धारण गरिएको हो।

images
images
images

मन्त्रालयले १३ वटै जिल्लाका एम्बुलेन्स व्यवस्थापन समितिलाई हालै पत्राचार गर्दै यसका बारेमा जानकारी समेत गराइसकेको छ। 

images
images

एम्बुलेन्स सेवामा ‘भुगोल फ्ल्याग’ दुरी एकदेखि पाँच किलोमिटरसम्म मानेर त्यसको भाडादर ३ सय रूपैयाँदेखि ५ सय रूपैयाँसम्म राखी जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिले लागु गर्ने र गराउने पत्रमा उल्लेख छ।

images
images

तराई र पहाडी स्थानका पिच, ग्राभेल र कच्ची सडकमा दररेट कायम गरिएको चिकित्सा सेवा महाशाखा प्रमुख डा खगेश्वर गेगालद्वारा जारी पत्रमा उल्लेख छ। रासस


प्रकाशित : बिहीबार , माघ २४ २०८११३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend