मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने - पाथीभरा केबलकारसँग जोडेर ग्लोबल आईएमईमाथिको प्रहार अनुचित

बिहीबार , माघ २४ २०८१
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले भने - पाथीभरा केबलकारसँग जोडेर ग्लोबल आईएमईमाथिको प्रहार अनुचित

काठमाडौं- पाथीभरा केबलकार निर्माण हुन हुँदैन भन्दै भइरहेको विरोध ग्लोबल आइएमई बैंकसम्म जोडिएपछि राष्ट्र बैंकको बैंक तथा नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले यसलाई अनुचित भनेका छन्। 

पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त वाणिज्य बैंकमाथि गरिएको प्रहार गलत भएको उनको भनाइ छ। 'कसैको उक्साहटमा उच्छृङ्खल गतिविधिमा संलग्न नभएको राम्रो' भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्। 

पौडेलले भनेका छन् 'पाथीभरा केबलकार निर्माणको विषयलाई लिएर नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त 'क' वर्गको वाणिज्य बैंक ग्लोबल आईएमईमाथि गरिएको प्रहार गलत हो, कसैको उक्साहटमा त्यस्ता उच्छृङ्खल गतिविधिमा संलग्न नहुँदा राम्रो।'

पाथीभरा केबलकार निर्माण गर्न नदिने भन्दै विरोध प्रनर्शन गरिरहेकाहरूले ग्लोबल आईएमई बैंकमा निक्षेप निकाल्ने अभियान चलाएका थिए। पाथीभरा केबलकार निर्माणमा लगानी गर्न लागेका चन्द्रप्रसाद ढकाल ग्लोबल आईएमई बैंकमा पनि अध्यक्ष रहेकाले ग्लोबल आईएमई बैंक नै बहिस्कार गर्नुपर्ने विरोध प्रनर्शनमा रहेकाहरूले बताउँदै आएका थिए। 

प्रदर्शनकारीहरूको उक्त अभियान गलत भएको भन्दै राष्ट्र बैंकका कार्यकारी निर्देशक पौडेलले प्रष्टरुपमा आफ्नो धारणा व्यक्त गरेका हुन्। 


प्रकाशित : बिहीबार , माघ २४ २०८११२:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend