शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

झाडी फाँडेर लगाएको सुन्तलाले दिँदैछ राम्रो प्रतिफल, तीन जनालाई नियमित रोजगारी

images
बिहीबार , माघ २४ २०८१
images
images
झाडी फाँडेर लगाएको सुन्तलाले दिँदैछ राम्रो प्रतिफल, तीन जनालाई नियमित रोजगारी

समुद्री सतहदेखि एक हजार पाँचसय मिटरको उचाइमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन्।

images
images

म्याग्दी- कोरोना महामारी फैलिएपछि विसं २०७६ चैतदेखि भएको लकडाउन (बन्दाबन्दी)का समयमा घुम्दै म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ दोसल्ले पुगेका बेनीका व्यवसायी विकास श्रेष्ठलाई त्यही जग्गा किनेर घर र बगैँचा बनाउने सोच आयो।

images
images
images

बेनीमा पोल्ट्री र घरजग्गा व्यवसाय गर्दै आएका विकासले सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जंगलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ। 

images
images

'बुढेसकालमा शान्त वातावरणमा बस्नका लागि भनेर दोसल्लेमा जग्गा किनेको थिएँ,' उनले भने, 'काम गर्दागर्दै सुन्तला बगैँचा पो भयो।'

images
images
images

रोजगारीका लागि पोर्चुगलमा रहेका जग्गाधनीका परिवार र आफन्त पोखरामा बसाइँसराइ गरेपछि विकासले किनेको जग्गामा रहेको सुन्तला बगैँचाले स्याहार पाउन छाडेको थियो। पाखोबारी झाडीमा परिणत भएको थियो। 

श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल, तरकारी तथा कृषि फार्ममा पुराना एकसय ५० बोट सुन्तलाले मलजल, स्याहारसुसार पाएपछि उत्पादन दिन थालेका छन्। थप सात बिरुवा बगानमा हुर्किरहेका छन्।

पाखोबारीलाई घेराबार गर्ने, गह्रा बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिदसहित फार्ममा तीन करोड ५० लाख रूपैयाँ लगानी भएको श्रेष्ठले बताए।

'यसपाली १५ लाख रूपैयाँको सुन्तला बिक्री भयो,' उनले भने, 'कृषिबाट यति राम्रो कमाइ होला भनेर सोचेको थिइनँ, गर्न सकेमा हुँदोरहेछ भन्ने मैले महसुस र अनुभव गरे। थप चार रोपनीको बगैँचा किनेर फार्म विस्तार गरेको छु।'

दिवंगत हजुरबुवा सूर्यनारायण श्रेष्ठको जीवनबाट प्रभावित भएर कृषि व्यवसायमा जोडिएको विकासले बताए। उनको फार्ममा तीन जनाले नियमित रोजगारी पाएका छन्। सुन्तलाखेतीसँगै उक्त फार्ममा लोकल र ब्रोइलर जातका कुखुरा पनि पालिएको छ।

सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ। कृषि फार्मका लागि सरकारी निकायबाट हालसम्म अनुदान नलिएको श्रेष्ठले बताए। काठमाडौंको बल्खुका व्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उनले बताए।

घरजग्गा व्यापार छाडेर कृषि व्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको व्यापार गर्ने जलेश्वर पोल्ट्री फर्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाएका छन्। अवसर, सुविधा र रोजगारीका लागि विदेश र सहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि व्यवसाय गरेका श्रेष्ठ कृषकहरुका लागि उदाहरणको पात्र बनेका छन्।

दोसल्लेका अगुवा कृषक खगबिर पाईजाले बेनीबाट आएर श्रेष्ठले सुन्तलाखेती सुरु गरेपछि गाउँ छाडेर गएकाहरु फर्किएर सुन्तला खेती गर्न थालेका बताए। 'उनी (विकास)ले बाँझीएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,' पाइजाले भने, 'गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रविधि भित्र्याउनुभएको छ। उहाँको सिको गरेर बजार झरेकाहरु गाउँ फर्किएर सुन्तला खेती गरेका छन्।'

सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरु बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताए। विकासको सुन्तला बगैँचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट कृषक तथा व्यवसायीहरु आउने गरेका छन्। उक्त बगैँचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ। बगैँचाको बिच भागमा पाहुना र आफू बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ। 

समुद्री सतहदेखि एक हजार पाँचसय मिटरको उचाइमा रहेको दोसल्लेका कृषकले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन्।

यहाँ रहेका ४२ घरपरिवार सबैले सुन्तला खेती गरेका दोसल्ले सुन्तलाजात कृषक समूहका अध्यक्ष प्रेम पाइजाले बताए। गत वर्ष ८० लाख रूपैयाँको सुन्तला बिक्री भएको दोसल्लेबाट यसपाली एक करोड ८० लाख रूपैयाँ मूल्य बराबरको सुन्तला फलेको उनले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , माघ २४ २०८११२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend