शनिबार, असोज ५ गते २०८१    
images
images

रेल चल्ने यकिन छैन तर सुरू भयो विरोध; जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

images
शुक्रबार, माघ १४ २०७८
images
images
रेल चल्ने यकिन छैन तर सुरू भयो विरोध; जनकपुर रेल्वे कम्पनीका कर्मचारी आन्दोलित

५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी पुरानो कर्मचारीलाई अवमूल्यन गरेर पुनः नयाँ तालिम सञ्चालन गरेपछि पुराना कर्मचारीहरू आन्दोलित भएका छन्।

images
images

काठमाडौं- नेपाल रेल्वे कम्पनीका कर्मचारीहरूले जनकपुर कार्यालयमा तालाबन्दी गरेका छन्। 

images
images
images

रेल्वे कम्पनी जनकपुरले ज्यालादारीमा काम गर्ने कर्मचारीलाई बिनाकारण हटाएर नयाँ कर्मचारी नियुक्त गरेको भन्दै शुक्रबार रेल्वे कम्पनीको कार्यालयमा कर्मचारीले तालाबन्दी गरेका हुन्।

जनकपुर कार्यालयले केही दिनअगाडि ज्यालादारीमा काम गर्ने १ सय ५१ जना कर्मचारीलाई हटाएर नयाँ कर्मचारी राखेको थियो।

रेल्वे कर्मचारी संघर्ष समितिका संयोजक मञ्जय गोइतले सहायक स्टेशन मास्टर पदमा २०५८ सालदेखि नै कार्यरत रहेको अहिले आएर विनाकारण आफूहरूलाई हटाएको विरोधमा कार्यालयमा तालाबन्दी गरिएको बताए। संयोजक गोइतले ज्यालादारीमा काम गर्ने कर्मचारी नहटान भन्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई ज्ञापनपत्रसमेत बुझाएको बताए। तर प्रमुख जिल्ला अधिकारी पौडेलले रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झालाई कोरोना संक्रमण भएको भन्दै समस्या समाधान गर्न आलटाल गरेको आरोप गोइतले लगाए।

images

कम्पनीका महाप्रबन्धक झाले ५५ जना नयाँ कर्मचारीलाई नियुक्त गरी पुरानो कर्मचारीलाई अवमूल्यन गरेर पुनः नयाँ तालिम सञ्चालन गरेपछि पुराना कर्मचारीहरू आन्दोलित भएका छन्।

नेपाल रेल्वेलाई कानूनी तथा प्राविधिक कारण देखाएर जयनगर–कुर्था खण्डमा नियुक्त भएका कर्मचारीलाई एक्कासी सूचना निकालेर हटाएसँगै कर्मचारीहरू आफूहरूलाई पुनः समायोजन गर्न माग गर्दै कार्यालयमा तालाबन्दी गरेका हुन्।

भारतीय रेल्बे कम्पनी कर्पाेरेसनबाट ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरिद गरेर ल्याए पनि अझै सञ्चालमा आउन नसकेको भन्दै स्थानीयले विरोध जनाउँदै आएका छन्। विसं २०७७ असोज २ गते खरिद गरेर ल्याइएका दुई सेट रेल धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा पार्किङ गरी राखिएको छ। जयनगर–कुर्थासम्म ३५ किलोमिटर रेल लिक तयार भइसकेको छ। रेलको गएको पुस २४ मा परीक्षण गरिएको थियो। 


प्रकाशित : शुक्रबार, माघ १४ २०७८१३:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend