शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

८२ मेगावाटको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा, ९५ प्रतिशत काम सकियो

images
बिहीबार , माघ २४ २०८१
images
images
८२ मेगावाटको तल्लो सोलु हाइड्रो निर्माणको अन्तिम चरणमा, ९५ प्रतिशत काम सकियो

आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादन हुनेछ।

images
images

सोलुखुम्बु- जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर निर्माणको अन्तिम चरणमा पुगेको छ। आयोजनाको भौतिक प्रगति ९५ प्रतिशत भएको छ।

images
images
images

तल्लो सोलु हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा प्रवर्द्धित आयोजनाका जेनेरेटर, टर्वाइन जडान, हेडबक्स, पावर हाउस, सुरुङमार्गलगायत संरचना निर्माण भएका छन्।

images
images

कम्पनीका प्रबन्धक धर्मेन्द्र गोतामेका अनुसार आयोजनाको पेनस्टक टनेलको ‘बेक थ्रु’ को चरणमा पुगेको छ। उनले भने, 'आयोजनाको काम  अन्तिम चरणमा पुगेको छ। अब पेनस्टक पाइपको मात्र बाँकी छ। आगामी भदौमा व्यावसायिक उत्पादन गर्ने हाम्रो लक्ष्य हो।'

images
images
images

आयोजनाको प्रसारण लाइन निर्माण कार्य पनि ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ। एफएमओलगायतका युरोपियन बैंक (इन्टरनेसनल फन्डिङ एजेन्सी) को १६ अर्ब रूपैयाँ ऋण लगानीमा सन् २०१६ अगस्तदेखि निर्माण कार्य थालिएको थियो। आयोजना सेप्टेम्बर २०२५ भित्रमा पूरा गर्ने लक्ष्य राखिएको छ। 

सोलुदूधकुण्ड नगरपालिका-७ र ११ को सिमानामा पर्ने साल्मे क्षेत्रको सोलु खोलामा बाँध निर्माण गरी पानी संकलन गरिएको छ। उक्त पानी करिब ६ किलोमिटर टाढाको तिङ्लाको भदौरेस्थित पावर हाउसमा झारिनेछ। यसका लागि पाँच किलोमिटर लामो सुरुङमार्ग निर्माण गरिएको छ।

भौगोलिक कठिनाइ र लामो सुरुङमार्गका कारण अनुमानित लागतभन्दा अधिक खर्च हुनसक्ने उनको अनुमान छ। हाल आयोजनामा सातसय कामदार कार्यरत छन्। साथै सयजना स्थानीयले रोजगारी पनि पाएका छन्।

आयोजना सम्पन्न भएपछि हिउँदमा न्यूनतम २३ मेगावाट र वर्षायाममा ८२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य राखिएको छ। उत्पादित विद्युत् तिङ्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ। रासस 


प्रकाशित : बिहीबार , माघ २४ २०८१०९:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend