शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

images
बिहीबार , माघ २४ २०८१
images
images
अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा

अमेरिकी डलर हालसम्मकै उच्च विन्दुमा पुगेको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको छ। यो अहिलेसम्मकै महँगो हो।

images
images

काठमाडौं-अमेरिकी डलर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। राष्ट्र बैंकका अनुसार अघिल्लो दिनको तुलनामा अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६५ पैसा र बिक्रीदर १४० रूपैयाँ २५ पैसा कायम भएको छ। यो अहिलेसम्मकै महँगो हो।

images
images
images

त्यस्तै युरोपियन युरो र यूके पाउन्ड स्ट्रलिङलगायत विदेशी मुद्राको मूल्य पनि बढेको छ। युरोपियन युरो एकको खरिदर १४५ रूपैयाँ ४९ पैसा र बिक्रीदर १४६ रूपैयाँ ११ पैसा तोकिएको छ ।
 
यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ११ पैसा र बिक्रीदर १७५ रूपैयाँ ८७ पैसा, स्विस फ्र्यांक एकको खरिददर १५४ रूपैयाँ ८१ पैसा र बिक्रीदर १५५ रूपैयाँ ४७ पैसा कायम गरिएको छ ।
 
अस्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ ७६ पैसा र बिक्रीदर ८८ रूपैयाँ १४ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९८ रूपैयाँ १४ पैसा तोकिएको छ। सिंगापुर डलर एकको खरिददर १०३ रूपैयाँ ५२ पैसा र बिक्रीदर १०३ रूपैयाँ ९७ पैसा निर्धारण गरिएको छ।
 
जापानी येन १० को खरिददर नौ रूपैयाँ १४ पैसा र बिक्रीदर नौ रूपैयाँ १८ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा कायम गरिएको छ। 

images
images

साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ २३ पैसा र बिक्रीदर ३७ रूपैयाँ ३९ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ३० पैसा र बिक्रीदर ३८ रूपैयाँ ४७ पैसा कायम भएको छ।
 
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रूपैयाँ १६ पैसा र बिक्रीदर चार रूपैयाँ १८ पैसा, यूएई दिराम एकको खरिददर ३८ रूपैयाँ ०२ पैसा र बिक्रीदर ३८ रूपैयाँ १८ पैसा तोकिएको छ। 

images
images
images

मलेसियन रिंगेट एकको खरिददर ३१ रूपैयाँ ५८ पैसा र बिक्री दर ३१ रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६७ पैसा र बिक्रीदर नौ रूपैयाँ ७१ पैसा तोकिएको छ। 

स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ८१ पैसा र बिक्रीदर १२ रूपैयाँ ८७ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ५० पैसा र बिक्री दर १९ रूपैयाँ ५९ पैसा तोकिएको छ ।
 
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १८ रूपैयाँ ०१ पैसा, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६६ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा तोकेको छ। 

बहराइन दिनार एकको खरिददर ३७० रूपैयाँ ४१ पैसा र बिक्रीदर ३७२ रूपैयाँ ०१ पैसा र ओमनी रियाल एकको खरिददर ३६२ रूपैयाँ ६९ पैसा र बिक्रीदर ३६४ रूपैयाँ २५ पैसा निर्धारण भएको छ। भारतीय रूपैयाँ १०० को खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकिएको छ। 


प्रकाशित : बिहीबार , माघ २४ २०८१०७:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend