बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

रास्वपा सभापति लामिछानेसहितको मुद्दा न्यायाधीश ढकालको इजलासमा

images
बुधबार, माघ २३ २०८१
images
images
रास्वपा सभापति लामिछानेसहितको मुद्दा न्यायाधीश ढकालको इजलासमा

रवि लामिछाने अदालतमा उपस्थित भएसँगै उनको मुद्दा गोलाप्रथाबाट न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ।

images
images

चितवन- साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा रास्वपा सभापति रवि लामिछाने जिल्ला अदालतमा उपस्थित भएका छन्। उनी आज बिहान १० बजे अदालतमा उपस्थित भएका हुन्।

images
images
images

लामिछाने अदालतमा उपस्थित भएसँगै उनको मुद्दा गोलाप्रथाबाट न्यायाधीश दयाराम ढकालको इजलासमा परेको छ। अदालतका सूचना अधिकारी अमृत विश्वकर्माका अनुसार ढकालको इजलासमा बयान सुरु गरिएको छ। अदालतमा बयान सकिएसँगै थुनछेक बहस सुरु हुने उनले बताए।

images
images

सरकारी वकिल कार्यालयले मंगलबार लामिछानेसहित १५ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो। व्यक्तिबाहेक ६ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्दा दर्ता गरिएको छ। अदालतमा मुद्दा दर्ता भएसँगै लामिछाने चितवन आएका हुन्।

images
images
images

दर्ता गरिएको मुद्दामा प्रतिवादीहरुमा लामिछानेसहित छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दीपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणि बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेका छन्।

यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए। त्यो समयमा लामिछानेलाई किटान गरिएको थिएन। मंगलबार दर्ता भएको मुद्दामा लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहारा बचतसहित ६ वटा संस्था रहेका पनि छन्।

साहारा सहकारीबाट रकम लगेर गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेसनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिए। मुद्दा दायर भएका कुल ३२ मध्ये १२ जनाविरुद्ध ठगी र संगठित अपराध तथा २० जनालाई ठगीमा मुद्दा दर्ता गरिएको हो।

संगठित अपराध र ठगीमा प्रतिवादी कायम भएका जिवी राई भन्ने जीतेन्द्रबाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्तबाबु राई, भूपेन्द्र्र राई, देवेन्द्रबहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दीपक लामा र नेत्र बाँस्तोला रहेका छन्।

यसअघि असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो। सरकारी वकिल कार्यालयले जिवी राईसहित कुमार रम्तेल, सागर केसी, वीरबहादुर रानाभाट, हेमन्त अधिकारी, छत्रमणि भट्टराई, भपेन्द्र राई, अनन्तबाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दीपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तीर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। अघिल्लो पटक दर्ता भएका १७ जनाको पनि बयान लिइएको छैन।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगी भएको भनिएको जम्मा रकम ५२ करोड ३२ लाख ८५ हजार रूपैयाँ रहेको छ। हाल जाहेरी परेको रकम ३८ करोड नौ लाख ७९ हजार रूपैयाँ क्षतिपूर्ति भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिए। ५२ करोड रूपैयाँमध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप १४ करोड २३ लाख ६ हजार रूपैयाँ जाहेरी परेका बखत पुनः पूरक अभियोग जाहेर हुने गरी अभियोग दाबी गरिएको छ।

बचतकर्तालाई भराउनुपर्ने क्षतिपूर्ति रकम विभिन्न ६ वटा कम्पनीबाट साहारा चितवन बहुउद्देश्यीय सहकारीलाई दिलाउनुपर्ने रकम ४३ करोड ३२ लाख सात हजार रूपैयाँ रहेको छ। व्यक्तिगत रुपमा जिवी राईबाट ४१ लाख ३० हजार रूपैयाँ, असरफअलि सिद्दिकीबाट तीन करोड २० लाख रूपैयाँ र महेन्द्र भोटे भन्ने शिवबहादुर गुरुङबाट दुई करोड ६४ लाख रूपैयाँ भराइनुपर्ने मागदाबी गरिएको छ। रासस


प्रकाशित : बुधबार, माघ २३ २०८१११:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend