बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

जस्तापाताले घर छाउन शुक्लाफाँटामा विपन्न परिवारलाई रकम वितरण

images
बुधबार, माघ २३ २०८१
images
images
जस्तापाताले घर छाउन शुक्लाफाँटामा विपन्न परिवारलाई रकम वितरण

सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले खर, पराललगायतको छानायुक्त घर भएका परिवारको छनोट गरी रकम उपलब्ध गराउन थालेको हो।

images
images

कञ्चनपुर- अति विपन्न परिवारको घरको छानामा जस्तापाता राख्नका लागि शुक्लाफाँटा नगरपालिकाले रकम उपलब्ध गराउन थालेको छ। सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत नगरपालिकाले खर, पराललगायतको छानायुक्त घर भएका परिवारको छनोट गरी रकम उपलब्ध गराउन थालेको हो।

images
images
images

नगरपालिकाका सबइञ्जिनियर धीरज ऐरका अनुसार सुरक्षित आवासअन्तर्गत गरिबीको रेखामुनि रहेका र प्रकोपका कारण घरवारविहीन भएका परिवारको छनोट गरी आवास निर्माणका लागि दोस्रो किस्ताबापतको रकम उपलब्ध गराउने कार्य भइरहेको छ।

images
images

'शून्य रकममा बैंकमा खाता खोली आवास निर्माणका लागि एकसय ३६ परिवारलाई दोस्रो किस्ताबापतको २० हजार रूपैयाँ रकम उपलब्ध गराउन थालेका छौँ', उनले भने, 'यसअघि पहिलो किस्ताबापत ती परिवारलाई ३० हजार रूपैयाँका दरले रकम उपलब्ध गराइएको थियो।' 

images
images
images

जसअनुसार वडा नं १ का १९, वडा नं २ का १०, वडा नं ३ का पाँच, वडा नं ४ का ११, वडा नं ५ का नौ, वडा नं ७ का २१, वडा नं ८ का ११, वडा नं ९ का १९, वडा नं १० का आठ, वडा नं ११ का तीन र वडा नं १२ का छ परिवारले दोस्रो किस्ताको रकम पाउने भएका छन्।

कार्यक्रमअन्तर्गत नगरपालिकामा सुरक्षित आवासका लागि दुईसय ५६ जना छनोट भएकोमा तीमध्ये दुई सय ५६ परिवारले पहिलो किस्ताबापतको रकम पाइसकेको सव इञ्जिनियर ऐरले बताए। एकसय २१ परिवारले पहिलो र दोश्रो किस्ताबापतको रकम पाएर सुरक्षित आवास निर्माण गरी बस्दै आएका छन्।

'आफैले सुरक्षित आवास बनाउन नसक्ने गरिबीको रेखामुनि रहेका र विपद् प्रभावित परिवार निकै जोखिमयुक्त अवस्थामा बस्दै आएका थिए', नगर प्रमुख रणबबहादुर महराले भने, 'पराल, खरको छानायुक्त घरमा बस्दै आएका थिए, आगलागी, विषालु कीराको टोकाइको उत्तिकै डर थियो, बर्सातमा पानी पर्दा छाना चुहिएर बस्नै नसक्ने अवस्थामा थिए।'

यिनै कारणलाई मध्यनजर गरी खरयुक्त छाना विस्थापन गरी जस्तापाता राख्नका लागि रकम उपलब्ध गराइएको उनले बताए। नेपालको संविधानमा प्रदत्त मौलिक हकमा  नागरिकले सुरक्षित आवासमा बस्न पाउनुपर्ने व्यवस्था भएबमोजिम कार्य अगाडि बढाइएको उनको भनाइ रहेको छ। 

नागरिकलाई सुरक्षित र वातावरणमैत्री आवासको अधिकार प्रदान गर्नका लागि जस्तापाता खरिद र सहुलियत दरको काठलगायतका सामग्री खरिदका लागि कार्यक्रमअन्तर्गत रकम उपलब्ध गराइएको बताइएको छ।

नगरपालिकाका प्राविधिक परिचालन गरी आगलागी तथा हावापानी थेग्न सक्ने गरी आवास निर्माण गरिएका छन्। रासस


प्रकाशित : बुधबार, माघ २३ २०८१११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend