बुधबार, माघ २३ गते २०८१    
बुधबार, माघ २३ २०८१
images
images

बढ्यो काठमाडौंको न्यूनतम तापक्रम

images
बुधबार, माघ २३ २०८१
images
images
बढ्यो काठमाडौंको न्यूनतम तापक्रम

काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो।

images
images

काठमाडौं- काठमाडौंको न्यूनतम तापक्रम मंगलबारको तुलनामा केही बढेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान ५:४५ बजे काठमाडौंको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस मापन भएको थियो।

images
images
images

मंगलबार न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस मापन भएको थियो। काठमाडौंको आकाश रातिको समयमा बादलले ढाकेका कारण न्यूनतम तापक्रम केही बढेको मौसमविद् बिनु महर्जनले जानकारी दिइन्। 

images
images

उनका अनुसार दिउँसो काठमाडौंको मौसम सफा रहने पूर्वानुमान छ। अधिकतम तापक्रम २१ देखि २२ डिग्री सेल्सियसकाबीच रहने पूर्वानुमान छ। बुधबार काठमाडौंको अधिकतम तापक्रम २२.१ डिग्री सेल्सियस मापन भएको थियो। 
 
एक साताअघि  गत बुधबार काठमाडौंको न्यूनतम तापक्रम ८.५ डिग्री सेल्सियस मापन भएको थियो। त्यसपछि बिहीबार ८,  शुक्रबार ६.२, र शनिबार ५.८, आइतबार ४.५, सोमबार ४.८ र मंगलबार ६.५ डिग्री सेल्सियस मापन भएको थियो। रासस

images
images
images


प्रकाशित : बुधबार, माघ २३ २०८१०७:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend