काठमाडौं- आन्तरिक हवाई सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले एउटा जहाज थप गरेको छ। एयरलाइन्सले क्यू ४०० ड्यास ८ जहाज थपेको हो।
योसँगै श्री एयरलाइन्सले आन्तरिक उडानका लागि उडान गर्ने जहाज संख्या ८ पुराएको छ। केही सयम अगाडि पनि एयरलाइन्सले सोही प्रकृतिको जहाज थप गरेको थियो।
श्री एयरलाइन्ससँग अब ५० सिट क्षमताको सीआरजे २०० जहाज २ वटा, ७० सिट क्षमताको सीआरजे ७०० जहाज २ वटा र ८० सिट क्षमताको क्यू ४०० जहाज ४ वटा बनाएको छ।
श्री एयरलाइन्सले अहिले माउन्टेन उडान सहित धनगढी, नेपागञ्ज, भैरहवा, भद्रपुर, विराटनगर, पोखरा, जनकपुर, सिमरा र राजविराजमा उडान गर्दै आएको छ।
थप जहाज ल्याएसँगै श्रीले सुर्खेत र तुम्लिङटारमा उडान गर्ने योजना बनाएको छ।