शनिबार, फागुन १० गते २०८१    
शनिबार, फागुन १० २०८१
images
images

विपद्‌पछिको पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न मन्त्री दाहालको निर्देशन

images
मंगलबार, माघ २२ २०८१
images
images
विपद्‌पछिको पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न मन्त्री दाहालको निर्देशन

यस्तै पूर्वपश्चिम रेलमार्गका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा वितरणका लागि समेत मन्त्रालयले काम गरिरहेको उनले बताए।

images
images

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विपद्‌पछिको पुनर्निर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन्।

images
images
images

मन्त्रालयका विभागीय प्रमुख एवम् आयोजना प्रमुखहरुसँग मंगलबारको बैठकमा उनले बाढीपहिरोले क्षतिग्रस्त बनाएका सडकमा आगामी वर्षायाममा समेत सवारी सञ्चालन हुनेगरी काम थाल्न निर्देशन दिएका हुन्।

images
images

‘हामीले विभिन्न माइलस्टोनहरु कायम गरेका छौँ, तिनको उपलब्धिबारे समीक्षा गर्नुहोला’, मन्त्री दाहालले भने, ‘अहिले सबैभन्दा बढी काम गर्ने बेला हो, यसको अधिकतम उपयोग गरी लक्ष्य हासिलतर्फ लाग्न आवश्यक छ।’

images
images
images

सडक एवम् पुल निर्माणका लागि बाँकी ठेक्काहरुलाई लगाइसक्न सडक विभागलाई निर्देशन दिँदै उनले रुग्ण आयोजनाहरुको व्यवस्थापनतर्फ लाग्नसमेत आग्रह गरे।

यस्तै सवारी चालक अनुमतिपत्र वितरणलाई प्रदेशस्तरबाटै प्रभावकारी बनाउन आवश्यक समन्वयका लागि यातायात व्यवस्था विभागलाई मन्त्री दाहालले निर्देशन दिएका छन्।

सम्भावनायुक्त थप नदीहरुमा पानीजहाज सञ्चालनको अध्ययनका लागि नेपाल पानीजहाज कार्यालयलाई निर्देशन दिँदै मन्त्री दाहालले समुद्रमा नेपाली पानीजहाज सञ्चालनको कानूनी व्यवस्थाका लागि मन्त्रालयले काम गरिरहेको पनि बताए।

यस्तै पूर्वपश्चिम रेलमार्गका लागि अधिग्रहण गर्नुपर्ने जग्गाको मुआब्जा वितरणका लागि समेत मन्त्रालयले काम गरिरहेको उनले बताए।

यस्तै मन्त्रालयका सचिव केशवकुमार शर्माले राष्ट्रिय गौरवका आयोजनाहरुलाई विशेष ध्यान दिएर काम गर्न निर्देशन दिए। हुलाकी राजमार्ग एवम् पुल, पूर्वपश्चिम राजमार्गको विस्तारलगायत महत्वपूर्ण योजनाहरुमा ढिलासुस्ती हुन नदिन उनले सडक विभागलाई निर्देशन दिए।

वर्षाको समयमा यातायात अवरुद्ध हुन नदिन बीपी राजमार्गका साथै काठमाडौं-मुग्लिन, कृष्णभिर, झ्याप्ले खोला क्षेत्रमा विषेश ध्यान दिएर काम गर्न पनि मन्त्री दाहालले निर्देशन दिए।

ग्वार्को फ्लाइओभरलाई चैतभित्रमा पूरा गराउनुपर्ने भन्दै उनले छिचोलिएको सिद्धबाबा सुरुङको बाँकी कामलाई तीव्रता दिन भन्दै नागढुंगा सुरुङ सञ्चालनको मोडालिटी बनाउनसमेत उनले आयोजना कार्यालयहरुलाई निर्देशन दिए।


प्रकाशित : मंगलबार, माघ २२ २०८११७:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend