मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

हिमालयन डिष्टिलरीको लाभांश लगानीकर्ताको खातामा

मंगलबार, माघ २२ २०८१
हिमालयन डिष्टिलरीको लाभांश लगानीकर्ताको खातामा

कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ।

काठमाडौं- हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (करसहित) खातामा पठाएको छ। कम्पनीले माघ १३ गतेदेखि हितग्राही खातामा बैंक खाता अपडेट गरेका सेयरधनीको नगद लाभांश जम्मा गरेको हो।

कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ। त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ।

कम्पनीको पुस २८ गते सम्पन्न सभाले गतवर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बोनस सेयर भने सूचीकरण भएपछि सम्बन्धित सेयरधनीको हितग्राही खातामा पठाइनेछ। रासस


प्रकाशित : मंगलबार, माघ २२ २०८११७:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend