मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

लगातार ९६ अंकको वृद्धिपछि १४ अंकले घट्यो सेयर बजार, ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार

मंगलबार, माघ २२ २०८१
लगातार ९६ अंकको वृद्धिपछि १४ अंकले घट्यो सेयर बजार, ८ अर्ब ९१ करोड रुपैयाँको कारोबार

काठमाडौं- लगातार ९६.७१ अंकले बढेको सेयर बजारमा सामान्य करेक्सन देखिएको छ। लगातार उचाइतर्फको लय देखाएको बजार मंगलबारको कारोबारमा घटेको हो। 

मंगलबार १४.०८ अंकले घटेर बजार २७१५.९१ बिन्दुमा झरेको छ। ८ अर्ब ९१ करोड ९६ लाख रुपैयाँको कारोबार भएको बजारमा ७१ कम्पनीको सेयर मूल्य बढेको छ। १६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

यो साता आइतबार आइतबार ६९.८० अंकले बढेको बजार सोमबार २.४१ अंकले बढेर २७३०.०० बिन्दुमा पुगेको थियो। त्यसअघि गएको साता आइतबार १०.४१ अंकले घटेको बजार सोमबार पनि १०.६६ अंकले घटेको थियो। गतसाता अन्तिम कारोबारमा मंगलबार २४.५० अंकले बढेर बजार २६५७.७७ बिन्दुमा पुगेको थियो। 

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। बजार लामो समयदेखि उही बिन्दु वरपर तलमाथि भइरहेको छ। 

पछिल्लो समय बजारले २६०० बाट पनि तल नजाने र २८०० को बिन्दुबाट पनि माथि नजाने ट्रेण्ड समातिरहेको छ। लामो समयदेखि उतारचढावबीच उही बिन्दु वरपर तलमाथि भइरहेको बजारमा अहिले सुधारको संकेत भने देखिएको छ। 

गएको साउनमा कारोबार रकममा कीर्तिमान बनाउँदै लगातार बढिरहेको बजार भदौ महिनाभर नै कमजोर देखिएको थियो। असोजमा केही 'बाउन्स ब्याक' भएको बजार कात्तिकमा स्थिर देखिएको थियो। मंसिर र पुसमा पनि बजार नयाँ उचाइतर्फ लाग्ने लगानीकर्ताहरूको अपेक्षा पूरा भएन। माघमा पनि बजारले लय समात्ने अपेक्षा धरमर भइरहेको छ। 


प्रकाशित : मंगलबार, माघ २२ २०८११५:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend