काठमाडौं- नेपाल टेलिकमले २१ औँ वार्षिकोत्सव २०८१ को अवसरमा 'एनिभर्सरी प्याकेज'अन्तर्गत विभिन्न सुविधाहरू ल्याएको जनाएको छ।
'एनिभर्सरी प्याकेज'अन्तर्गत टेलिकमले माघ २२ देखि फागुन ८ गतेसम्म १५ दिनसम्मको लागि विभिन्न प्याकेज ल्याएको हो।
'एनिभर्सरी प्याकेज'अन्तर्गत एक एमबीपीएस अनलिमिटेड डाटा र १२० मिनेट भ्वाइस कल ५९ रुपैयाँमा ल्याएको टेलिकमले जनाएको छ। यस्तै अनलिमिटेड अल नेट भ्वाइस कल एक महिनाका लागि ४ सय ९९ रुपैयाँमा, अनलिमिटेड डाटा प्याक एक महिनाका लागि ५ सय ९९ रुपैयाँमा, अनलिमिटेड प्रिमियम डाटा प्याक एक महिनाका लागि ७ सय ९९ रुपैयाँमा साथै एक महिना समयावधिको फेस्टिभ कम्बो प्याक ७ सय ९९ रुपैयाँमा ल्याएको छ।
२०८१ मंसिर महिनाको अन्त्यसम्म नेपाल टेलिकमको ग्राहक संख्या २ करोड १२ लाख ४२ हजारभन्दा बढी पुगेको छ। यसमध्ये, जीएसएम मोबाइल सेवाका ग्राहक २ करोड ७ लाख ७४ हजार पीएसटीएन सेवाका ग्राहक ८७ हजार तथा एफटीटीएच भ्वाइस सेवाका ग्राहक ३ लाख ८० हजार रहेका छन्। २०८१ मंसिर महिनाको तथ्यांकअनुसार भ्वाइस सेवातर्फ नेपाल टेलिकमको बजार हिस्सा ५०.४४ प्रतिशत रहेको छ।
२०८१ मंसिर महिनाको अन्त्यसम्म नेपाल टेलिकमको इन्टरनेट प्रयोगकर्ता २ करोड ११ लाखभन्दा बढी पुगेका छन्। यसमध्ये जीएसएम मोबाइल डाटा का प्रयोग करोड ७ लाख तथा एफटीटीएच डाटा सेवाका प्रयोगकर्ता ३ लाख रहेका छन्। जीएसएम सेवातर्फ हालसम्म करिब १ करोड ६४ लाख ग्राहक संख्यामा पुगिसकेको र निरन्तर विस्तारको क्रममा रहेको टेलिकमले जनाएको छ।