काठमाडौं- सुनका गरगहनासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना महिला पक्राउ परेकी छिन्।
थाई एयरको उडानद्वारा बैंककबाट काठमाडौं आएकी ५८ वर्षीया मैयाँ गुरुङलाई त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन टनेल गेट नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अवैध रूपमा लुकाइछिपाइ भन्सार छली गरी लैजान लागेको सुको रिङ १६ थान, सुनको टुक्रा ५ थान, सिक्री १ थान, औँठी १ थान र बाला १ थान गरी करिब ९८ ग्राम तौलको सुनसहित गुरुङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशाला पठाइएको प्रहरीले जनाएको छ।