मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

अमेरिकी डलरको भाउ बढ्यो, अन्यको मूल्य कति?

मंगलबार, माघ २२ २०८१
अमेरिकी डलरको भाउ बढ्यो, अन्यको मूल्य कति?

राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो।

काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३९ रूपैयाँ २० पैसा र बिक्रीदर एक सय ३९ रूपैयाँ ८० पैसा कायम भएको छ। अघिल्लो दिनको तुलनामा अमेरिकी डलरको मूल्य आज पुनः उकालो लागेको हो। 

युरोपियन युरो एकको खरिदर एक सय ४२ रूपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ १३ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ७१ रूपैयाँ २६ पैसा र बिक्रीदर एक सय ७२ रूपैयाँ तोकिएको छ । स्वीस फ्र्यांक एकको खरिदर एक सय ५१ रूपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५२ रूपैयाँ ४३ पैसा कायम गरिएको छ। 

अस्ट्रेलियन डलर एकको खरिदर ८५ रूपैयाँ ४५ पैसा र बिक्रीदर ८६ रूपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९४ रूपैयाँ ७२ पैसा र बिक्रीदर ९५ रूपैयाँ १२ पैसा कायम भएको छ। 

सिंगापुर डलर एकको खरिदर एक सय एक रूपैयाँ ७४ पैसा र बिक्रीदर एक सय दुई रूपैयाँ १८ पैसा निर्धारण गरिएको छ। जापानी येन १० को खरिदर नौ रूपैयाँ र बिक्रीदर नौ रूपैयाँ चार पैसा, चिनियाँ युआन एकको खरिदर १९ रूपैयाँ २० पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा तोकिएको छ। 

साउदी अरेबियन रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ २७ पैसा, कतारी रियाल एकको खरिदर ३८ रूपैयाँ १८ पैसा र बिक्रीदर ३८ रूपैयाँ ३५ पैसा कायम भएको छ। 

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिदर चार रूपैयाँ नौ पैसा र बिक्रीदर चार रूपैयाँ ११ पैसा, यूएई दिराम एकको खरिदर ३७ रूपैयाँ ९० पैसा र बिक्रीदर ३८ रूपैयाँ छ पैसा कायम भएको छ। 

मलेसियन रिंगेट एकको खरिदर ३१ रूपैयाँ ११ पैसा र बिक्रीदरट ३१ रूपैयाँ २४ पैसा, साउथ कोरियन वन एक सयको खरिदार नौ रूपैयाँ ४९ पैसा र बिक्रीदर नौ रूपैयाँ ५३ पैसा तोकिएको छ। 

स्वीडिस क्रोनर एकको खरिदर १२ रूपैयाँ ३९ पैसा र बिक्रीदर १२ रूपैयाँ ४५ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १० पैसा र बिक्री दर १९ रूपैयाँ १८ पैसा तोकिएको छ। 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिदर १७ रूपैयाँ ८६ पैसा र बिक्रीदर १७ रूपैयाँ ९४ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ५० रूपैयाँ ४६ पैसा र बिक्रीदर चार सय ५२ रूपैयाँ ४० पैसा तोकेको छ। 

बहराइन दिनार एकको खरिदर तीन सय ६९ रूपैयाँ २२ पैसा र बिक्रीदर तीन सय ७० रूपैयाँ ८१ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ६१ रूयैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ६३ रूपैयाँ १३ पैसा निर्धारण भएको छ।

भारतीय रूपैयाँ एक सयको खरिदर एक सय ६० रूपैयाँ र बिक्रीदर एक सय ६० रूपैयाँ १५ पैसा तोकिएको  छ। राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। रासस


प्रकाशित : मंगलबार, माघ २२ २०८१०८:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend