शुक्रबार, वैशाख २६ गते २०८२    
शुक्रबार, वैशाख २६ २०८२
images
images

राष्ट्र बैंकलाई उद्योगी र बैंकरले भने- रेमिट्यान्समा प्रोत्साहन प्याकेज दिउँ

images
शुक्रबार, माघ १४ २०७८
images
राष्ट्र बैंकलाई उद्योगी र बैंकरले भने- रेमिट्यान्समा प्रोत्साहन प्याकेज दिउँ
images
images

काठमाडौं- अर्थतन्त्रमा गम्भीर समस्या देखिन थालेपछि नेपाल राष्ट्र बैंकले सरोकरवाला निकायसँग समस्या समाधान गर्न शुक्रबार छलफल गरेको छ। छलफलमा बैंकरदेखि उद्योगीहरू समेत सहभागी भएका छन्।

images
images
images

व्यवसायीदेखि बैंकरहरूले तरलता संकटलाई समाधान गर्नका लागि सुझाव दिएका छन्। जसमा मुख्यगरी रेमिट्यान्सलाई व्यवस्थित बनाएर ल्याउन सुझाव दिएका छन्। ‘हामीले रेमिट्यान्स पठाउनेलाई राज्यले प्रोत्साहन घोषणा गरेर रकम च्यानलमार्फत ल्याउन मुख्य सुझाव दिएका छौँ,’ नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले भने।

images
images

त्यस्तैगरी विकास खर्चको मुभिलाइजेसन बापत २० प्रतिशत बैंकिङ च्यानलमा पठाउनसमेत आग्रह गरेको आग्रवालले जानकारी दिए। विकास खर्च बढाउने वित्तिकै बैंकमा देखिएको तरलताको संकटसमेत हट्ने भएकोले सोही अनुसारको सुझाव दिइएको अग्रवालले बताए। 

images
images

राष्ट्र बैंकले बैंकर र व्यवसायीसँगको छलफलमा विदेशी सञ्चिति, ऋणको अवस्था, विकास खर्च लगायतका विषयमा जानकारी गराएको थियो।

कोभिडपछि विस्तारै लयमा आउन लागेको व्यवसायमा बैंक तथा वित्तीय क्षेत्रमा देखिएको तरलता अभावले समस्या भएको बताएका थिए। छलफलमा नेपाल उद्योग वाणिज्य महांसघ, नेपाल बैंक तथा वित्तिय सञ्चालक संघ लगायतका प्रतिनिधिहरू सहभागी भएका थिए। राष्ट्र बैंकले गरेको ल्याउन लागेको चालु पुँजी कर्जाको व्यवस्थाले समस्या झनै आउनेसमेत छलफलमा बताएका छन्। 


प्रकाशित : शुक्रबार, माघ १४ २०७८१२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend