मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सोमबार पनि उकालोतिरै सेयर बजार, ११ अर्बमाथिको कारोबार

सोमबार, माघ २१ २०८१
सोमबार पनि उकालोतिरै सेयर बजार, ११ अर्बमाथिको कारोबार

सोमबार ९७ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ११ अर्ब ८७ करोड ५९ लाख रूपैयाँको कारोबार भएको छ।

काठमाडौं- उतारचढावबीच लामाे समयपछि आइतबार उच्च अंकले बढेको सेयर बजार सोमबार पनि उकालोतिरै लागेको छ। सोमबार २.४१ अंकले बढेर बजार २७३०.०० बिन्दुमा पुगेको छ।

९७ वटा कम्पनीको सेयर मूल्य बढ्दा बजारमा ११ अर्ब ८७ करोड ५९ लाख रूपैयाँको कारोबार भएको छ। आज १ सय ३७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ८ वटा कम्पनीको सेयर मूल्यमा परिवर्तन आएको छैन।

आइतबार ६९.८० अंकले बढेर बजार २७२७.५८ बिन्दुमा पुग्दा १२ अर्ब ९५ करोड ५७ लाख रूपैयाँको कारोबार भएको थियो।

पछिल्लो समय बजारले २६०० बाट पनि तल नजाने र २८०० को बिन्दुबाट पनि माथि नजाने ट्रेण्ड लगातार समातिरहेको छ।

बजारको अहिलेको अवस्थामा लगानीकर्ता पर्ख र हेरकै सोचमा देखिन्छन्। बजारले उचाइ लिनसक्ने अवस्था रहे पनि लगानीकर्तामा विश्वास नदेखिँदा उतारचढावको अवस्थामा रहेको विश्लेषकहरू बताउँछन्। बजार लामो समयदेखि उही बिन्दु वरपर तलमाथि भइरहेको छ। 

बजारले निकै लामो समय करेक्सन र साइडवेजमा बिताइसकेको छ। अझै पनि प्रभावकारी गति लिन भने सकेको छैन। बजार यही २५००/२६०० आसपासकै अंकभित्र रहेर तलमाथि गरिरहेको थियो। यसो हुनुमा आम लगानीकर्तामा विश्वास बढ्न नसक्नु नै मुख्य कारण मानिएको छ।

तर अब भने बजारमा धेरै लगानीकर्ता प्रवेश गरेको अनुमान गरिएको छ। यसले बजार उच्च बिन्दुमा जाने अनुमान गरिएको छ।

त्यसो त आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउन सरकारले पहल गरिरहेको छ। यस आधारमा अब बिस्तारै अर्थतन्त्रसँगै सेयर बजारले पनि गति लिने विश्वास गर्न सकिन्छ। सस्तो ब्याजदरका कारण आम लगानीकर्ताले कर्जा लिएर सेयर बजारमा प्रवेश गर्नेक्रम बढेको तथ्यांकले देखाएको छ।


प्रकाशित : सोमबार, माघ २१ २०८११५:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend