काठमाडौं- एनएलजी इन्स्योरेन्सले याे वर्ष पनि सेयरधनीलाई निराश बनाएको छ। कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो। आकर्षक लाभांशकाे पर्खाइमा रहेका लगानीकर्ताले यसवर्ष पनि गत वर्षकै जति लाभांश पाउने भएका छन्।
जसअनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशत सेयर लाभांश र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेको हो।
कम्पनीको उक्त प्रस्ताव बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ। विगतमा कम्पनीले २६ प्रतिशत सम्म लभांश दिएको थियाे।
हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब २० करोड ६० लाख १३ हजार ५० रुपैयाँ रहेको छ।