मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

सुविधाजनक स्थितिमा बाह्य क्षेत्र, विदेशी मुद्राको सञ्चितिले १४.४ महिनाको आयात धान्ने

आइतबार, माघ २० २०८१
सुविधाजनक स्थितिमा बाह्य क्षेत्र, विदेशी मुद्राको सञ्चितिले १४.४ महिनाको आयात धान्ने

यस अवधिमा चालुखाता बचत १ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ भने शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब रुपैयाँले बचतमा रहेको छ।

काठमाडौं- चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा पनि चालुखाता मजबुत स्थितिमा नै रहेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

चालु आर्थिक वर्षको ६ महिनामा आयात ७.१ प्रतिशत र निर्यात ३१.८ प्रतिशतले बढेको छ। यस्तै यस अवधिमा रेमिट्यान्स ४.१ प्रतिशतले बढेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्मा रेमिट्यान्स ७ खर्ब ६३ अर्ब रुपैयाँ भित्रिएको छ। 

सोयाविन तेलको आयात र निर्यातमा भएको समान वृद्धिले बाह्य क्षेत्रमा खासै धेरै असर गरेको देखिँदैन।

समीक्षा अवधिमा मुद्रास्फीति सरकारको लक्ष्यभित्रै रहेको छ। यस अवधिमा मुद्रास्फीति ५.४१ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।

यस अवधिमा चालुखाता बचत १ खर्ब ४८ अर्ब रुपैयाँ रहेको छ भने शोधनान्तर स्थिति २ खर्ब ४९ अर्ब रुपैयाँले बचतमा रहेको छ। 

यस अवधिमा १६ अर्ब ८४ करोड डलर बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ। उक्त सञ्चितिले १७.३ महिनाको वस्तु र १४.४ महिनाको आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

विदेशी मुद्राको सञ्चिति गत असारको तुलनामा १०.३ प्रतिशतले बढेको छ।


प्रकाशित : आइतबार, माघ २० २०८११७:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend