शनिबार, साउन १२ गते २०८१    
images
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै थप मुख्य विमानस्थलहरूमा पनि क्यालिब्रेसन उडान हुने

images
शुक्रबार, माघ १४ २०७८
images
images
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै थप मुख्य विमानस्थलहरूमा पनि क्यालिब्रेसन उडान हुने
images

काठमाडौं- नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा निर्माण सम्पन्न भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलसँगै देशका प्रमुख विमानस्थलहरूमा पनि क्यालिब्रेसन उडान गर्ने तयारी गरेको छ।

images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन उडानका लागि अहिले एरोथाईले तीब्र रुपमा तयारीको काम गरिरहेको छ। विमानस्थलमा फेब्रुअरी तेस्रो सातातिर क्यालिब्रेसन उडानका लागि आवश्यक तयारीको काम भइरहेको आयोजनाका इन्जिनियर प्रविन न्यौपानले जानकारी दिए।

images

क्यालिब्रेसन उडानका लागि अहिले एरोथाईका ४ जना र अष्ट्रेलियन एक जना प्राविधिक टोली स्थलगत अध्ययन गरिरहेको छ। साथै उनीहरूलाई नेपाली प्राविधिक कर्माचारीले पनि सहयोग गरिहेका छन्।

‘फेब्रुअरी तेस्रो सातासम्ममा विमानस्थको क्यालिब्रेसन उडान हुन्छ,’ न्यौपानेले भने, ‘ अहिले प्राविधिक टोलीले निरीक्षण गरिरहेका छन। तर क्यानिब्रेसनका लागि आवश्यक जहाज भने आउने दिन एनिक  भएको छैन।’

images

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको क्यालिब्रेसन उडानकै समयमा अहिले सञ्चालनमा रहेको एक मात्रै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित अन्य विमानस्थलको पनि क्यालिब्रेसन उडानका लागि तयारी तीब्र भएको प्राधिकरण निमित्त महानिर्देशक प्रेमनाथ ठाकुरले जानकारी दिए।

उनका अनुसार अहिले सञ्चालनमा रहेको सबै विमानस्थलको क्यालिब्रेसन उडान गर्नुपर्ने समय भइसकेको कारण पनि यरोथाईको टिम र जहाज नेपाल आएकै बेला अन्य विमानस्थलमा पनि क्यालिब्रेसन उडान गर्ने तयारीका साथ छलफल भइरहेको उनको भनाइ छ।

यसका लागि प्राधिकरणले एरोथाईसँग सम्वाद गरिरहेको र उनीहरूले पनि सबै विमास्थलमा समयले नभ्याए पनि मुख्य मुख्य विमानस्थलको क्यालिब्रेसन उडान गरिदिने बचन दिएको प्राधिकरणको भनाइ छ।

‘सबै विमानस्थलको क्यालिब्रेसन उडान नभए पनि मुख्य गरी ५ वटा विमानस्थल सिमरा, विराटनगर, नेपालगञ्ज, भैरहवाको पुरानो विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पनि क्यालिब्रेसन उडानको तयारी भएको छ’ ठाकुरले भने, ‘आइकाओको अडिट टिम आउने बेला समेत भएको  हुँदा हामीले क्यालिब्रेसन उडान गर्ने पर्नेछ। सबैमा नभए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भने क्यालिब्रेसन उडान हुने सम्भावन बढी छ।’

एरोथाईसँग दुईवटा सम्झौता भएको छ। एउटा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनाले गरेको छ भने अर्को प्राधिकरकणले गरेको ठाकुर बताउँछन्।

‘विमानस्थलहरूको पहिलेदेखि नै क्यालिब्रेसन उडान हुँदै आएको थियो र हुन पनि पर्छ। एरोथाई अहिले प्रोजेक्टको काम गर्न आउँदै छ। सोही समयमा हामीले पहिल गरेको काम पनि गरिदिनु भनेर आग्रह गरेका छौँ,’ ठाकुरले भने, ‘अहिले नै गर्दा समय र लागत दुबैलाई हेरेर गौतम बुद्धकोकाम सम्पन्न भएपछि मुख्य मुख्य विमानस्थलको क्यालिब्रेसन उडानका लागि अनुरोध गरेका हौँ। सोहीअनुसार तयारी भइरहेको छ। हेरौँ उनीहरूले कति वटा विमानस्थलको क्यालिब्रेसन गर्न समय दिन्छन्।’

एरोथाईसँग क्यालिब्रेसन उडानका लागि प्रतिघण्टा ३५ सय डलरमा सम्झौता भएको छ। सोहीअनुसार अन्य विमानस्थलमा पनि गर्न लागेको उनको भनाइ छ। 

क्यालिब्रेसन उडान भनेको जहाज उडानका लागि आवश्यक विमानस्थलमा बनेका संरचना, सञ्चार उपकरण तथा सबै पक्षको विषयमा गरिने निरीक्षण उडान हो। यसका लागि बैग्लै जहाज प्रयोग हुन्छ।


प्रकाशित : शुक्रबार, माघ १४ २०७८१३:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend