मंगलबार, असार २३ गते २०८३    
मंगलबार, असार २३ २०८३

नेको इन्स्योरेन्सका सेयरलगानीकर्ताले फागुन ८ देखि हकप्रद सेयरमा आवेदन दिन पाउने, कति दिँदैछ?

आइतबार, माघ २० २०८१
नेको इन्स्योरेन्सका सेयरलगानीकर्ताले फागुन ८ देखि हकप्रद सेयरमा आवेदन दिन पाउने, कति दिँदैछ?

इन्स्योरेन्सले हाल कायम ४ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

काठमाडौं- नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद सेयर निष्काशन गर्न लागेको हो।

इन्स्योरेन्सले हाल कायम ४ कित्ता सेयर बराबर १ कित्ता अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो। यस अनुसार इन्स्योरेन्सले ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले माघ १८ गते बुकक्लोज गरेको थियो। जसअनुसार माघ १५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले सो हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्। इन्स्योरेन्सको हकप्रद सेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि गराएको रेटिङमा इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले इन्स्योरेन्सलाई आईआरएन सिंगल ए प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ।

इन्स्योरेन्सको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। सेयरधनीहरुले बिक्री प्रबन्धकका साथै नेको इन्स्योरेन्सका केन्द्रिय तथा क्षेत्रिय कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्। सेयरधनीहरुले सिडिएस एन्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ प्रयोग गरी अनलाइन मार्फत समेत हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

हाल इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार ६१९ रुपैयाँ रहेको छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५४ लाख ५० हजार ७७४ रुपैयाँ पुग्नेछ।


प्रकाशित : आइतबार, माघ २० २०८११०:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend